News

यौन दुराचारको आरोप लागेका केशव स्थापितलाई पोलिग्राफ टेस्ट गर्न चुनौती

केशव स्थापितको यौन प्रश्ताव अस्विकार गर्दा महिला कर्मचारीको जागिर चैट

यौन दुराचारको आरोप लागेका केशव स्थापितलाई पोलिग्राफ टेस्ट गर्न चुनौती

नेपाली राजनीति, त्यसमा पनि विशेष गरी जव कम्युनिष्टहरुलाई जोडेर विवाद र विरोधाभाष हुन्छ, त्यहाँ केशव स्थापितको नाम प्राय जोडिन्छ। यसरी हेर्दा लाग्छ, विवादको अर्को रुप नै केशव स्थापित हुन। उनै स्थापितलाई नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा काठमाण्डौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ।

केशव स्थापितको नाम मेयरमा आउने वित्तिकै उनीसँग जोडिएको एउटा विवाद पुनः स्थापित भएको छ। पत्रकार रश्मिला प्रजापतिले उनको आलोचना गर्दै आफनो फेसवुक एकाउण्टमा लेखेकी छिन्–‘एमालेले काठमाडौंमा मेयर हुने कोही योग्य ब्यक्ति नपाएर एक ‘यौन दुराचारी’ लाई उठाएको छ र पद पाउने भएपछि खुबै महिलाको वकालत गर्ने एक युवा महिला तिनै दुराचारीको मतियार बन्न तयार भए, छि कति दुर्गन्धित राजनिती!’ 

पत्रकार प्रजापतिको यो स्ट्याटस स्थापितको ब्यक्तित्व झल्काउन पर्याप्त छ। तर, कुरा यतिमा मात्रै रोकिएको छैन। उनले एमाले जस्तो जिम्मेवार राजनीतिक दलले यौन दुराचारी र हालसम्मकै भ्रष्ट ब्यक्तिलाई मेयरको उम्मेदवार बनाएको भन्दै पार्टीका शिर्ष नेताको नैतिकता र जिम्मेवारीपन माथि नै प्रश्न उठाई दिएकी छिन्। ‘म एमाले पार्टीको बिरोधी होइन, सो पार्टीमा थुप्रै राम्रा ब्यक्तिहरु पनि छन् । तर एउटा जिम्मेवार दलले यौन दुराचारी मात्र होइन, हालसम्म कै ‘भ्रस्ट’लाई मेयर उम्मेदवारी दिएकोमा बिरोध हो ! गलत ब्यक्ति र गलत प्रवृत्तिको बिरोध हो !!’

प्रजापतिले लेखेको यो स्ट्याटस कतै सुनेको÷पढेको, कसैले भनेको वा आशंका गरिएको विषय होईन, उनी स्वयम्ले भोगेको तितो यथार्थ हो। जुन घट्ना सम्झिदा अहिले पनि उनलाई आङ जिरिङ्ङ हुन्छ। 

केही वर्ष अगाडि ट्वीटरबाट ‘मि टु अभियान’ निकै चल्यो। महिलाहरूले आफूमाथि भएको यौन दुव्र्यवहारविरुद्ध आवाज उठाउनका लागि सुरु गरेको ‘मि टु’ अभियानले भारतमा उग्र रूप लिएपछि त्यसको बाछिटा नेपालमा पनि देखियो। नेपालमा केही महिलाले आफूमाथि भएको दुव्र्यवहारलाई ‘मि टु’ ह्यासट्याग प्रयोग गरेर ट्विटरबाट सार्वजनिक गर्न थाले। त्यसको पहिलो ‘तारो’ उनै स्थापित भए।

स्थापितमाथि ‘मि टु’ को तिर भेदन गर्ने अरु कोही नभएर, पत्रकार तथा रेडियो कान्तिपुरकी आरजे रश्मिला प्रजापति नै थिईन। उनी पत्रकार मात्र नभएर महानगरपालिकाकी पूर्वकर्मचारी पनि हुन। उनले त्यहाँ ६ वर्ष काम गरेकी छिन्। ‘मि टु’ सुरु भएपछि उनले काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा प्रदेश ३ को भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापितले आफूमाथि गरेको यौन दुव्र्यवहारको बारेमा खुलेर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखिन।

उनले लेखेकी थिईन–‘नेपालमा ठुलो स्थानमा पुगेका व्यतित्वहरुले आफ्नो पावरको दुरुपयोग गर्ने क्रम बढ्दै गएको छ । यो नै यौन हिंसाको विरुद्घ आवाज उठाउने ठीक समय हो । मैले दुई वर्ष अगाडि रातो पार्टी र अन्य मिडियामा पनि यो कुरा उल्लेख गरेको थिए । काठमाडौं महानगरपालिकाको पूर्व मेयरले आफूमाथि गरेको यौन प्रस्ताव स्वीकार नगर्दा मैले आफ्नो जागिर गुमाउनु पर्यो । अहिले फेरि त्यहि मानिसले अरु महिला पत्रकारमाथि यौन दुव्र्यवहार गरेको म हेरेर बस्न सक्दिन । म यति कुरा थाहा पाउँदा पाउँदै चुप लागेर बस्न सकिन र यो स्टाटस सार्वजनिक नगरी बस्न सकिन । १५ वर्ष भईसक्यो यो घटना भएको तर यो मानिसले महिलालाई यौन शोषण गर्न भने अझै छोडेका छैनन् । दर्जन भन्दा बढी महिलाहरु सेक्सुअल हेरेस्मेन्टको शिकार भईसकेका छन् । कतिपय महिलाहरु त मेरो फेसबुकको लिस्टमा पनि छन् । आउनुहोस हामी सबै महिला मिलेर हामीमाथि दिनहुँ हुने गरेको यौन र्दुव्यवहार विरुद्घ आवाज उठाऔं । हामी यस्ता घटनालाई रोक्न सक्छौं र संसारलाई चिनाउन सक्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित यौन शोषक हुन् ।’

प्रजापतिका अनुसार स्थापितले गरेको यौन प्रस्ताव नमान्दा उनलाई छँदाखाँदाको जागिबाट हटाईयो। तर, उनले जागिरभन्दा अस्तित्व रक्षालाई महत्व दिईन र जागिर छोडेर घर फर्किईन। स्थपितले यतिमा मात्रै चित्त वुझाएनन्, रश्मिलाले भ्रष्टाचार गरेका कारण निकालिएको भनेर विभिन्न पत्रपत्रिकामा समाचार लेखाए। चोहेको भए उनले भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुशन्धान आयोग लगायतका निकायलाई आग्रह गर्न सक्थे। तर, त्यसो नगरी उनले रश्मिलाको ब्यक्तित्वमाथि प्रहार गरे। उनले त्यतिवेला आफुले भोगेको पीडा अरुलाई सुनाउन पनि सकिनन्। तर, जव ‘मि टु’ को सुरुवात भयो, उनले आफनो धैर्यताको वाँध तोड्नु नै उचित ठानिन्। त्यसैले स्थापितको पर्दापछाडिको अँध्यारोपाटो देखाई दिईन।

यति गर्दा उनलाई जेल पुर्याउने धम्की पनि आए । नेवार समुदायका प्रतिष्ठित ब्यक्तिहरु स्थापितको बारेमा जानकार हुँदाहुँदै पनि रश्मिलाको साथ दिनुको सट्टा उनको संरक्षणमा लागे। राजनीतिक दलका कतिपय शिर्ष नेताहरुले नै उनलाई फोन गरेर ‘तिमीले यस्तो गर्नु हुँदैनथ्यो’ भन्दै पर्दा हाल्ने प्रयास गरे। तर, रश्मिलाले हिम्मत हारिनन् र डटिरहिन। उनी भन्छिन्–‘मैले गलत गरेको हुन्थें भने जागिरबाट निकालेपछि मलाई थप कारवाही हुन्थ्यो। तर, उनीहरुसँग प्रमाण थिएन। त्यसैले जागिरबाट निकालीएको चिठिमा पनि कुनै कारण नखोली ‘निकाल्ने निर्णय गरिएको छ’ भन्ने ब्यहोरा मात्रै उल्लेख छ।’

स्थापितले खाली झुठा आरोप लगाएको भन्दै हिडेपछि उनले पोलिग्राफ टेस्टको पनि माग गरिन्। मेसिनका माद्यमबाट व्यक्तिको रक्तचाप, मुटुको धड्कन्, श्वास एवम् हृदयको गति र शरीरमा हुने गतिलाई एक ग्राफ पेपरमा रेकर्ड गरिने प्रकृयालाई पोलिग्राफ भनिन्छ । पोलिग्राफ टेस्ट गर्न लागिएको मानिसलाई सेन्सरद्वारा मेसिनसँग जोडिइन्छ र सेन्सर कम्प्युटरसँग कनेक्ट गरिएको हुन्छ । त्यसपछि विभिन्न प्रश्नउत्तरका माद्यमबाट पोलिग्राफ टेस्ट गर्नुपर्ने मुद्दाका विषयमा प्रश्न सोधिन्छ । यो प्रकृयामा व्यक्तिको मुटुको धड्कन, रक्तचाप, श्वासप्रश्वास, पसिनाको थैलीमा पर्ने चाप र शरीरमा हुने उतारचढावबाट व्यक्तिले झुट बोलेको वा नबोलेको पत्ता लाग्छ ।

रश्मिलाले यो प्रश्ताव अगाडि सारेपछि त्यसमा स्थापित तयार भएनन्। त्यसैले त्यो विषय सेलाएर गयो। ‘आरोप लगाई भन्न थालेपछि मैले दुवै जनाको पालिग्राफ टेस्ट गर्न माग गरें। यौन दुर्ब्र्यवहार गरेको प्रमाण, त्यो पनि यति लामो समयपछि मैले जुटाउन सक्ने अवस्था थिएन। त्यसैले ‘दुधको दुध–पानीको पानी’ छुट्याउन पोलिग्राफ टेस्ट गरौं भन्ने मेरो आग्रह थियो’ उनी भन्छन्–‘तर, गल्ति गर्ने मान्छेलाई जहिलै डरले खाईरहन्छ, त्यसैले उनी तयार भएनन्।’

अहिले पनि आफु यस्ता दुराचारीलाई सिङ्गो महानगरको जिम्मा दिएर आफना छोरीचेलीको इज्जत प्रतिष्ठा दाउमा लगाउन हुँदैन भन्ने पक्षमा रहेको उनी वताउँछिन्। ‘सवैका छोरी चेली छन्। काठमाण्डौंमा त यस्तोसम्म अवस्था छ, केशव स्थापितसँग कुनै महिलाले काम विशेषले भेट्नु पर्ने भयो भने परिवार/आफन्तले एक्लै नजानु भन्छन्। कसैको साथ लागेर मात्रै जानु भन्छन्’ रश्मिला भन्छिन्–‘नेवार समुदायका ठुला भनिएका सवै मान्छेलाई उनको यो राक्षस प्रवृत्तिको वारेमा जानकारी छ। तर, कोही अगाडि परेर वोल्दैन।’

यो पनि,

केशव स्थापित रश्मिला प्रजापति

विशेष