News

अनेरास्ववियूका केन्द्रिय सदस्य रोकाया गठबन्धनका साँझा उम्मेदवार

अनेरास्ववियूका केन्द्रिय सदस्य रोकाया गठबन्धनका साँझा उम्मेदवार

माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य रामचन्द्र रोकाया वडाध्यक्षको उम्मेदवार बनेका छन् । बझाङको मस्टा गाउँपालिका वडान-१ मा रोकाया सत्तारुढ तीनदलको गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार बनेका हुन् ।

विद्यार्थी तथा युवाहरुमाझ लोकप्रिय रोकाया वडाध्यक्षको लागि सिफारिसहुँदा स्थानीय हर्षित भएकाछन् । उम्मेदवार रोकाया स्थानीयका समस्यासँग परिचित छन् । जनतालाई गाह्रो-साह्रो पर्दा रोकाया सक्दो सहयोग, पहल गर्न लागि पर्छन । कोरोना महामारीहोस् वा बाढी पहिरो रोकाया जनतालाई साथ सहयोग गर्न अघिबढ्छन् । रोकायाको सोही स्वभावकाकारण जनताका प्यारा छन् । 

कस्तो छ रोकायाको राजनितिक पृष्ठभुमी? 

बझाङ्गको मस्टा गाउँपालिका वडानं १ साविकको देवल गाबिसमा २०४७ सालमा जन्मिएका रोकायाले कक्षा ६ मा पढ्दै गर्दा राजनिति सुरु गरेकाहुन् ।बझाङ्गको सबैभन्दा पुरानो सत्यवादी विद्यालयबाट २०६१ अखिल क्रान्तिकारीको इकाई कमिटी सदस्यबाट राजनिति सुरु गरेका रोकाया २०६४ सालमा  कोटदेबल गाबिस वाइसिएल सचिब भएका थिए ।  २०६५ सालमा जयपृथ्वी क्याम्पस इकाई कमिटि  सचिब  अध्यक्ष भएपछि  अखिल क्रान्तिकारीको चौथो सम्मेलनबाट जिल्ला कमिटिमा सदस्य भएको थिए ।  बिएड पढ्दै गर्दा क्याम्पस  ईकाई सचिब, अध्यक्ष हुँदै क्याम्पस मुल कमिटिको ईन्चार्ज भए ।  रोकाया अखिल क्रान्तिकारिको पाचौं  जिल्ला सम्मेलनबाट जिल्ला कमिटि सहसचिब हुँदै २०७२ सालको छैटौ जिल्ला सम्मेलनबाट  जिल्ला अध्यक्ष भएका थिए । 
 

सानैदेखी विद्रोही रोकाया  
सानै उमेरदेखि तिक्ष्ण बुद्धि भएका चलाख र विद्रोहि स्वभावका विद्यार्थी भएको रोकायालाई प्राथमिक तहमा अध्यापन गराएका एक जना शिक्षक बताउँछन् । आफुलाई चित्त नबुझेको कुरामा स्पष्ट रुपमा फरक मत राख्ने रोकायाको स्वभाव रहेको पनि ति शिक्षकको भनाईछ । राजनितिक वृतमा रोकाया कुशल संगठक तथा प्रखर वक्ताको रुपमा परिचित छन् । 

जयपृथ्वी क्याम्पसका पुर्व स्ववियु सभापती 
अखिल क्रान्तिकारीको २०७२ सालमा भएको छैटौँ जिल्ला सम्मेलनबाट बझाङ्ग जिल्ला संयोजकको जिम्मेवारी पाएका रोकायाले २०७३ को स्ववियु चुनावमा जयपृथ्वी बहुमुखी क्याम्पसको सभापती पदको उम्मेद्धार भई विजयी भएका थिए । तुलनात्मक रुपमा माओवादी केन्द्र निकट विद्यार्थीको वर्चश्व कम रहेको मानिने जयपृथ्वी बहुमुखी क्याम्पसमा रोकायाले सभापतीमा विजयी हुनुमा उनको कुशल सांगठानिक प्रभाव रहेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य देविजंग सिंहले बताए । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि नेकपाको  कार्यालय सह९सचिब  भएका रोकाया २०७६ मा अनेरास्ववियुको केन्द्रीय कमिटि सदस्य बनेका थिए । 

करिब १४ वर्षको उमेरदेखि नै वर्गिए विभेद विरुद्धको कम्युनिष्ट राजनितिमा होमिएका रोकायाले मानविकी शास्त्रबाट स्नातकोत्तर पूरा गरेकाछन् ।

 रामचन्द्र रोकाया वडाध्यक्ष उम्मेदवार

विशेष