News

अप्ठ्यारो पर्दा पत्रकारलाई यसरी प्रयोग गर्छन प्रचण्ड, आज पनि पत्रकार सम्मेलन

अप्ठ्यारो पर्दा पत्रकारलाई यसरी प्रयोग गर्छन प्रचण्ड, आज पनि पत्रकार सम्मेलन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कसैलाई मानसिक रुपमा गलाउनु पर्ने वा दवाव दिनु पर्ने अवस्था आयो भने प्राय पत्रकार खोज्छन्।  सकेसम्म सार्वजनिक कार्यक्रम, त्यो सम्भव नभए पत्रकार सम्मेलन गर्छन।

पत्रकार अगाडि उनले धेरै कुरा उठाउँछन्, तर विषेश गरी लक्षित ब्यक्तिलाई दवाव दिन उनले रणनीतिक कुरा गर्छन। त्यो वेला सवैले उनको कुरा नवुझेपनि लक्षित ब्यक्तिले सर्लक्कै उनको कुरा वुझछ। स्थानीय तह निर्वाचनमा तालमेल गरेका सहयात्री दलका नेतालाई गलाउन र तर्साउन पनि उनले पत्रकार सम्मेलन गरेका थिए ।

उम्मेदवार छनौटका क्रममा कांग्रेसले धेरै स्थानीय तहमा मेयर छोड्नै नमान्ने अनि एकिकृत समाजावादीले हैसियतभन्दा वढि खोजेर डोको जत्रो मुख वाउन थालेपछि त्यहि विचमा दाहालले पत्रकार सम्मेलन गरेर गठबन्धन तोड्ने धम्की दिए। यसो गर्दा कांग्रेसलाई माओवादी एमालेसम्म मिल्न जाला भन्ने डर भयो भने एकिकृत समाजवादी गठवन्धन विना घुँडा टेक्नै नसक्ने अवस्थामा रहेका कारण तर्सियो।

मुलतः दाहालको पत्रकार सम्मेलन सफल भयो। ६ महानगरपालिका मध्ये माओवादी केन्द्र, जसपा र एकिकृत समाजवादीले १÷१ र नेपाली कांग्रेसले ३ मा मेयर उठाउने सहमति भयो पनि।

आज पनि दाहालले पत्रकार सम्मेलन गर्दैछन्। दिउँसो दुई वजेका लागि राखिएको पत्रकार सम्मेलनमा उनले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने बताईएको छ। तर, उनले कुन रणनीति अघि सार्छन भन्ने कौतुहलता सुरु भएको छ।
 

पुष्पकमल दाहाल

विशेष