News

बझाङका कांग्रेस नेतामाथि यौन दुराचारको आरोप

बझाङका कांग्रेस नेतामाथि यौन दुराचारको आरोप

बझाङ कांग्रेसका शिर्ष नेतामाथि यौन दुराचारको आरोप लागेको छ । कंँग्रेसकै एक महिला नेतृले शिर्ष नेताहरुलाई महिलाले ‘पेटिकोट सुम्पिन’ नसक्दा उम्मेदवार नबनाइएको अभिव्यक्ति दिएकी छन् ।

मेची–महाकाली बुहारी संयुक्त आवाज बझाङकी संयोजक तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि शान्ती महत जाग्रीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत ‘पेटीकोट सुम्पिन नसक्ने’ महिला उम्मेदवार हुननसकेको उल्लेख गरेकी छन् । प्रतिनिधित्वको नाममा चाकडी गर्नेले टिकट पाएको तर समावेशी सिद्धान्तको कार्यान्वयन नभएको उनको भनाई छ । उनले लेखेकी छिन्– ‘महिलाले नोट, भोट पेटिकोट दिन नसकेकोले संविधानले स्थापित गरेको समावेशिता सेती र बाउलीको दोभानमा अन्त्यष्टि गरिएको छ । सभापतिको टाउकाको छोपो जबर्जस्त सबै सच्चा इमानदार कर्तव्यनिष्ठ बझाङ्गी काँग्रेसको टाउकोमा हालिएको छ ।’

नेपाली कांग्रेसले संविधानमा स्थापित समावेशी सिद्धान्तको कार्यान्वय नगरेको उनको भनाइ छ ।  ‘महिला समूह भेला, सभा, समारोह ,मिटिङ, गोष्ठी र बिपक्षीहरुसित गर्वका साथ भन्ने गर्थे, कांग्रेस दुःखीहरुको सारथी मात्रै होइन आमा हो । मलिन मुहारमा मुस्कान कांग्रेसले ल्याउछ । तर रहेनछ समावेशीको नाममा खल्तीको टिकट प्रतिनिधित्वको नाममा चाकडी हुदो रहेछ ।’ उनले निराशपूर्ण अभिब्यक्ति दिएकी छिन।

शिर्ष नेताहरुले चाकडी गर्नेलाई टिकट दिएकोमा उम्मेदवार सफल नभए दोष स्वतन्त्रको नाममा खशी खानेलाई जानुपर्ने उल्लेख गरेकि छिन् । उनी लेख्छिन्, ‘यस संयमित घडीमा ३०को आन्दोलन बाध्यकारी हुन्छ जस्तो मलाई लाग्दैन । जनता दासत्वबाट उन्मुक्तिको लागि आफ्नो निर्णयमा छन् । हामी भन्ने छौँ, लाग्ने छौँ तर सफल हुन सकेनौं भने दोष स्वतन्त्रको पक्षमा खसी खानेलाई आवस् । गठबन्धनले सार्थकता पाओस् जय गठबन्धन ।’

यौन दुराचार कांग्रेस नेता बझाङ

विशेष