News विदेश

इमरान खानले गरे भारतको प्रशंसा, भने - कुनै पनि महाशक्तिले भारतलाई परास्त गर्न सक्दैन'

इमरान खानले गरे भारतको प्रशंसा, भने - कुनै पनि महाशक्तिले भारतलाई परास्त गर्न सक्दैन'

 

इस्लामावाद । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले भारतको प्रशंसा गरेका छन्। यसअघि आफूलाई सत्ताबाट हटाउनका लागि अमेरिकाले षड्यन्त्र गरेको आरोप लगाएका खानले भारतको भने प्रशंसा गरेका हुन्।

भारतको प्रशंसा गर्दै उनले भने, 'भारतीयहरू 'खुद्दर क्वाम' (धेरै आत्मसम्मान गर्ने मानिसहरू) हुन् र कुनै पनि महाशक्तिले भारतलाई परास्त गर्न सक्दैन।'  यसअघि पाकिस्तानको संसद् विघटन गरेका खानको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइ दिएको थियो। 

उपसभामुखको सहयोगमा संसद् विघटन गरेका खानले गरेको गलत निर्णयले गर्दा नै पदबाट हटेका थिए। पाकिस्तानको सर्वोच्च अदालतले उपसभामुख कासिम सुरीको निर्णयलाई खारेज गरेको हो। जसमा उनले विपक्षीहरूले ल्याएको अविश्वास प्रस्तावलाई अस्वीकार गरेका थिए।

अदालतले पाकिस्तानको राष्ट्रिय सभाको विघटन र त्यसपछिका सबै निर्णयहरू खारेज गरेको थियो। यससँगै सर्वोच्च अदालतले राष्ट्रिय सभाको बैठक बोलाउन आह्वान गरेका थिए। 

खानले अविश्वासको प्रस्तावमा पराजित भएपछि सत्ताबाट बाहिरिएका थिए। हाल उनी विभिन्‍न प्रान्तमा गएर र्‍याली गरिरहेका छन्। 

विशेष