News

देउवा र सिटौलाको दाल नगलेपछि विराटनगरमा शेखर पक्षका नागेशलाई टिकट

देउवा र सिटौलाको दाल नगलेपछि विराटनगरमा शेखर पक्षका नागेशलाई टिकट

विराटनगरको मेयर उम्मेदवारका लागि भएको कांग्रेस नेताहरुको लडाईमा शेखर कोईरालाको जित भएको छ। विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनेका छन् ।

नागेश डा. शेखर कोइराला निकट हुन् । मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौला पनि आकांक्षी थिए ।

सभापति देउवा अर्याल र संग्रौला मध्ये एक जनालाई टिकट दिने सोचमा थिए भने सिटौला भने पराजुलीलाई नै दोहो¥याउने पक्षमा लागेका थिए । तर, शेखर कोईराला पक्षका नेता÷कार्यकर्ताले अडान नछोडेपछि सभापति देउवाले नागेशलाई मेयरको टिकट दिन बाध्य भएको नेतारुले वताए ।

विराटनगरमा अव कांग्रेसबाट नागेश कोइरालाको प्रतिस्पर्धा एमालेबाट सागर थापासँग हुनेछ। मोरङ मूलतः कांग्रेसको राजनीतिको उर्वर भूमिमा परिचित छ। कोइराला परिवारको राजनीतिक वंशावली मोरङबाटै तयार भएको छ। मोरङले बिपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालालाई राज्यको उच्च ओहोदामा पु-याएको छ। 

मोरङ कोइराला परिवारको विरासत हो। तर, पछिल्लो वर्षहरुमा कम्युनिस्ट राजनीतिको पकड मोरङमा बढ्दैछ। गत संविधानसभा निर्वाचन मत परिणाम अनुसार मोरङका ९ निर्वाचन क्षेत्रमध्ये चारमा वामपन्थी राजनीतिक दलले विजयी मत पाएका थिए।

दोस्रो संविधानसभामा नौमध्ये पाँच निर्वाचन क्षेत्रमा कांग्रेस, तीनमा एमाले र एकमा तत्कालीन एमाओवादी विजयी भएको थियो।  स्थानीय निर्वाचन सम्पन्न हुने मिति नजिकिँदै गर्दा देशकै सवैभन्दा बढी मतदाता भएको जिल्लाको उपमहानगरको नेतृत्व कसले गर्ला? जनचासो बढिरहेको छ।

यस्तो थियो देउवा र कोईरालाको शक्ति संघर्ष
जिल्ला उपसभापतिसमेत रहेका नागेश कोइराला कांग्रेस विभाजित हुँदा देउवाको पक्षमा थिए । दुई कांग्रेसबीचको एकीकरणपछि शेखर पक्षमा आएका हुन । उनको नाम महानगर समितिले पहिलो नम्बरमा सिफारिस गरेको थियो ।

देउवाले आफूपक्षीय नेतामार्फत पूर्वसांसद अमृत अर्यालको नाम अघि सारेर कृष्ण प्रसाद सिटौला पक्षका भीम पराजुलीलाई टिकट दिने पक्षमा थिए । पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले हालका मेयर पराजुलीको नाम अघि सारेर ‘अन्य ठाउँमा दोहो¥याउने हो भने पराजुलीलाई किन नदोहो¥याउने?’ भन्दै अड्को थापे।

सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्कीले देउवाकै ‘होमा हो’ मिलाउँदै अर्यालका पक्षमा अडान लिए । तर, देउवाको योजनामा कोईरालाले पानी खन्याए। स्रोतका अनुसार देउवा सिटौलाको प्रस्तावअनुसार पराजुलीको नाममा सहमति गर्न चाहन्थे। 

शेखरले आफ्नो क्षेत्र भएको, नगर र जिल्लाले समेत नागेशको नाम अघि सारेको भन्दै त्यसभन्दा दायाँबायाँ गर्न नहुने अडान लिएपछि तीन दिनको अथक प्रयासपछि नागेशको नाममा सहमति जुटेको नेताहरु बताउँछन्।
 

विशेष