News

मेयरमा लड्न उपसचिवबाट राजिनामा, टिकट नै नपाएपछि ‘घरको न घाटको’

मेयरमा लड्न उपसचिवबाट राजिनामा, टिकट नै नपाएपछि ‘घरको न घाटको’

नवलपरासीको देवचुली नगरपालिकामा मेयरमा लड्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएका विष्णुप्रसाद भुसाल पार्टीले टिकटै नदिएपछि अन्यौलमा परेका छन् ।

कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले देवचुली नगरपालिकामा मेयरको टिकट दिलाउने आश्वासन दिएपछि उनले उपसचिव पदबाट राजीनामा दिएका थिए । तर, टिकट वितरणका क्रममा मेयरको टिकट विष्णु बस्ताकोटीलाई दिईएपछि उनी घरको न घाटको भएका छन् ।

कांग्रेसले टिकट नदिएपछि उनले उम्मेद्वारी दर्ता गराएनन्। तर, राजनीतिमा भने निरन्तर लागि रहेने वताए । टिकट दिने÷नदिने विषय पार्टीको भएको भन्दै उनले कुनै एउटा नेतालाई दोस दिन नहुने वताए । 

निजामती सेवामा लागेर २५ वर्ष काम गरिसकेका भुसालको राजिनामा हालसम्म स्वीकृत भने भएको छैन। 

यो पनि,

उपसचिवको जागिर छोडेर मेयरको तयारी, यस्तो छ कारण

देवचुली नगरपालिका विष्णुप्रसाद भुसाल

विशेष