News

बझाङमा गठबन्धनका कार्यकर्तालाई कडा निर्देशन, प्रचार-प्रसारमा असहयोग गर्नेलाई समेत कारबाही 

बझाङमा गठबन्धनका कार्यकर्तालाई कडा निर्देशन, प्रचार-प्रसारमा असहयोग गर्नेलाई समेत कारबाही 

बझाङमा मंगलबार गठबन्धनका तीन दलको बैठक बसेको छ । बैठकबाट नेता-कार्यकर्ताका लागि कडा निर्देशन जारी गरिएको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन लक्षित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका नेताहरुको बैठक बसेको थियो । 

जारी विज्ञप्तिमा गठबन्धनको केन्द्रिय निर्देशन र निर्णय विपरित साँझा उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने नेता-कार्यकर्तालाई उम्मेदवारी फिर्तालिन निर्देशन दिइएको छ ।  फिर्ता लिने समयभित्रै उम्मेदवारी फिर्ता नलिए उम्मेदवार र समर्थकलाई कारबाही गर्ने चेतावनी दिइएको छ । साथै गठबन्धनका उम्मेदवार विरुद्ध प्रचारप्रसारमा असहयोग गर्नेलाई समेत कारबाही गरिने चेतावनी दिइएको छ । 

विशेष