News राजनीति

पोखरेलको दावीः ३६ लाख नयाँ मतदाता मध्ये ६६ प्रतिशत एमाले

पोखरेलको दावीः ३६ लाख नयाँ मतदाता मध्ये ६६ प्रतिशत एमाले

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ३६ लाख नयाँ मतदाता मध्ये ६६ प्रतिशत मतदाता नेकपा एमालेको पक्षमा रहेको दावी गरेका छन् । एमालेले गरेको एउटा सर्भेक्षणले थपिएका अधिकांश मतदाताले एमालेतर्फ झुकाव राखेको उनको दावी छ।

एमाले सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको पक्षमा लिएको अडानका कारण युवा पुस्तामा एमालेप्रति झुकाव बढेको पोखरेलले बताए ।

‘हामीले एउटा सर्वेक्षण गर्दा नयाँ मतदातामध्ये ६६ प्रतिशतको युवाको झुकाव एमालेतर्फ भएको भेट्यौं। यो त्यसै भएको होइन । अध्यक्ष ओलीले राष्ट्र निर्माणको पक्षमा गर्नुभएको अडानले त्यस्तो भएको हो’ पोखरेलले भने–‘आइ लभ यु केपी बा भनेर त्यसै भनेका होइनन् ।’

एमालेको विभाजनबाट बाहिरिएका भन्दा नयाँ प्रवेशीको संख्या पार्टीमा बढेको बताएका उनले ५ वर्षअघि ४२ प्रतिशत स्थानीय तह जितेकोमा यस पटक त्यसभन्दा बढी स्थान जित्ने दाबी गरे। उनले माधव नेपाल र पुष्पकमल दाहाल बाहेक सबैलाई एमालेमा स्वागत गर्न तयार रहेको बताए ।

विशेष