News

मन्त्रीका मान्छे सित्तैमा नउडाएपछि नेवानीका अध्यक्षलाई स्पष्टीकरण

मन्त्रीका मान्छे सित्तैमा नउडाएपछि नेवानीका अध्यक्षलाई स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीसँग स्पष्टीकरण सोधेका छन् । एउटा ट्विनेटर जहाज भाडामा दिएको विषयलाई लिएर अध्यक्ष अधिकारीसँग स्पष्टीकरण सोधिएको हो ।

स्पष्टिकरण पत्रमा जुनसुकै कुरा लेखिएको भएपनि आन्तरिक कुरा भने अर्कै रहेको निगमका कतिपय कर्मचारीहरु वताउँछन् । नेपाल वायुसेवा निगमले गत शुक्रवार काठमाडौंबाट रियादका लागि गरेको पहिलो उडानमा आफना मान्छेलाई नपारेको झोंकमा मन्त्रीले स्पष्टिकरण सोधेको उनीहरुको दावी छ।

काठमाडौंबाट रियाद उडेको निगमको पहिलो उडानमा दुई दर्जन बढी व्यक्तिलाई सित्तैमा रियाद लगिएको थियो । अधिकारीले त्यसमा मन्त्रीका मान्छेलाई वेवास्ता गरेपछि उनी रुष्ट थिए । 

यद्यपी स्पष्टिकरण पत्रमा भने ‘एउटा ट्विनेटर जहाज निजी कम्पनीलाई भाडामा दिएको हुनाले के कति कारणले दिएको हो’ भनेर सोधिएको छ।
 

विशेष