News

चिरिबावुविरुद्ध दर्ता भयो उजुरी, बेरुजु फर्छ्यौठ नगरेको दावी

चिरिबावुविरुद्ध दर्ता भयो उजुरी, बेरुजु फर्छ्यौठ नगरेको दावी

कांग्रेसबाट ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरीबाबु महर्जनविरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरन शिवाकोटीले उनीविरूद्ध उजुरी परेको जानकारी दिए। 

निवर्तमान मेयर समेत रहेका महर्जन बेरूजुसम्बन्धी उजुरी परेको छ। उजुरीमाथि वुधवारदेखि अध्ययन गरिने मुख्य निर्वाचन अधिकृत शिवाकोटीले बताए । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचनको आचारसंहिता अनुसार वेरुजु रहेको ब्यक्तिले उम्मेदवारी दिन पाईदैन।

आचारसंहितको परिच्छेद ९ को धारामा ४७ मा ‘लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीसँग असूल उपर गर्ने भनी कायम भएको बेरूजु फर्छ्यौट गरेको हुनुपर्ने छ’ भनि उल्लेख छ। ललितपुर महानगरपालिकामा मात्रै महर्जनसहित ५ जनाविरूद्ध उजुरी परेको उनले जानकारी दिए। 

एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरूद्ध पनि उजुरी परेको छ। आयोगले मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन भनेको थियो। वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय गर्ने आयोगको तयारी छ।
 

विशेष