News

वाईसिएलका पुर्वकेन्द्रिय उपाध्यक्ष सुरज जयपृथ्वी नगरमा उपमेयर भिड्दै

वाईसिएलका पुर्वकेन्द्रिय उपाध्यक्ष सुरज जयपृथ्वी नगरमा उपमेयर भिड्दै

सत्तारूढ दल नेकपा माओवादी केन्द्रले बझाङको जयपृथ्वी नरपालिकाको लागि उपमेयरमा रतन बहादुर सिंह (सुरज) लाई सफिारसि गरेको छ । 

सिहं पुर्वजनमुक्ति सेनाको पृष्ठभुमीबाट आएका हुन् । ५८ सालमा तत्कालिन माओवादीको लडाकुदस्ता जनमुक्ति सेनामा भर्तिभई देशका ठुला युद्धमा सहभागि भएका थिए । 


माओवादी आन्दोलनका महत्वपुर्ण  युद्धका रुपमा स्थापित भएका रुकुमको खारा, म्याग्दीको बेनी, कालीकोटको पिलि लगाएतका युद्धमा सिंह अग्रपंतिमा लडेका थिए । 

६३ सालमा जनमुक्ति सेनाबाट फर्केर सिहंले बझाङमा वाईसिएलका जिम्मेवारी सम्हालेका थिए । सिंह जनमुक्ति सेना विघटन भएर बनेको माओवादीको युवा दस्ता वाईसिएलको पहिलो बझाङ जिल्ला अध्यक्ष हुन् । केन्द्रिय उपाध्यक्ष भएर वाईसिएलबाट विदाई भएका सिहं अहिले नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य छन् । 

द्धन्द्धकालिन समयमा कपिलवस्तुमा सिंहलाई गोली लागेको छ । दोहोरो झडपमा उनको हातमा गोली लागेर उनी घाईते भए । देशको व्यवस्था परिवर्तनका लागि युद्ध रोजेका सिहं अब भने जनताको अवस्था परिवर्तनका लागि काम गर्न तयार भएको बताउँछन् । 

जयपृथ्वी नगरपालिकाको उपमेयरमा सिफारिस भएपछि उनले भने, 'देशमा संघियता, समावेसिता, धर्मनिरपेक्षता, गणतन्त्रात्मक व्यवस्था ल्यायौँ । अब संविधानमा उल्लेखित व्यवस्थालाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्न काम गर्नु पर्ने छ ।' 

जयपृथ्वी नगरमा जनताका आधारभुत आवश्यकताकै सवालमा काम गर्न बाकी रहेकोले आफ्नो ध्यान ठुला ठुला काम गर्ने नभएर शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, रोजगारी जस्ता पुर्वाधार निर्माण र व्यवस्थापनमा केन्द्रित भएको उनको भनाई छ । 

गठबन्धनमा जयपृथ्वी नगरको मेयर कांग्रेसले पाएको छ सभने उपमेयरमा माओवादीले पाएको छ।

उपमेयर रतन बहादुर सिंह

विशेष