News

ओली भन्छन्– कांग्रेसको घोषणापत्र पढ्दा मज्जा आउँछ

ओली भन्छन्– कांग्रेसको घोषणापत्र पढ्दा मज्जा आउँछ

प्रमुख प्रतिपक्ष दल नेकपा उमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र पढ्दा मज्जा आउने वताएका छन् । घोषणापत्रमा कांग्रेसले विकासका कुरा नै नगरेको भन्दै ओलीले कांग्रेसको नेतृत्व र पार्टी नै निष्प्रभावी भएको बताए ।

मंगलबार मनमोहन अधिकारीको २३औं स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने –‘विकास त हुँदै जाने कुरा हो । यो त गर्दै जाने कुरा हो केही गर्नुपर्दैन भन्छ कांग्रेस, कांग्रेसको घोषणापत्र पढ्नुस् न मज्जा आउँछ।’

कांग्रेसको घोषणा पत्र कुनै राजनीतिक दस्ताबेज नभएर गालीगलौज मात्रै समेटेको उनले बताए। ‘त्यो कुनै राजनीतिक दस्ताबेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ’ उनले भने–‘कांग्रेसको घोषणापत्रमा राजनीतिक कुरा नै छैन ।’

लोकतन्त्रका लागि कांग्रेसको आफूलाई माया लाग्ने गरेको पनि उनले बताए । ‘कुन रसातलमा पुग्यो कांग्रेस ? कठैबरी ! माया लाग्छ कांग्रेसको, दया लाग्छ कांग्रेसको, कहाँ पुग्यो विचरा कांग्रेस ?’ उनले भने–‘लोकतन्त्रका लागि मात्रै मैले कांग्रेसप्रति दया देखाएको हो । नत्र भने हामीलाई त राम्रो छ, दया देखाइराख्नुपर्दैन, नेपाली कांग्रेसका सभापति मेरो पुरानो मित्र हुनुहुन्छ । उहाँले यस्तै घोषणापत्र निकाल्नुहुन्छ, यस्तै काम गर्नुहुन्छ, यस्तै कुरा गर्नुहुन्छ भने त हामीलाई सजिलै हुन्छ ।’

नेपाली कांग्रेसको नेतृत्व यस्तो भइरहे त आफुहरुलाई सजिलै हुने ओलीले वताए । ‘यस्तै सरकार हुने हो भने त हामीलाई सजिलो हुन्छ, गतिलो नेतृत्व हुने हो भने त हामीले अझ मिहेनत गर्नुपर्छ’– उनले थपे।

केपी शर्मा ओली कांग्रेसको घोषणापत्र

विशेष