News राजनीति

धरानमा टिकटका लागि कांग्रेस उम्मेदवारसँग कुन नेताले उठाए पैसा ?

धरानमा टिकटका लागि कांग्रेस उम्मेदवारसँग कुन नेताले उठाए पैसा ?

धरानमा स्थानीय तह निर्वाचनको उम्मेदवार वन्न कांग्रेसले पैसा उठाएको आरोप लागेको छ। वडाध्यक्षको उम्मेदवारबाट प्रतिब्यक्ति ५ लाख लिईएको आरोप छ।

०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसबाट धरान उपमहानगरपालिका–१ को वडाअध्यक्ष जितेका रोशन अधिकारी कांग्रेस छोडेर राप्रपाबाट वडाध्यक्षको उम्मेदवार वनेपछि यो रहस्य खुलेको छ। अधिकारीले उम्मेदवार वन्न ५ लाख रुपैयाँ मागेपछि आफुले कांग्रेस छोड्नु परेको जिकिर गरेका छन् ।

‘म फेरी पनि वडाध्यक्ष उठ्न चाहान्थें। करिव १ महिनाअघि पुनः वडा अध्यक्षको टिकट चाहिए ५ लाख चाहिन्छ भन्दै प्रश्ताव आयो’ उनले भने–‘मैले पैसा दिने कुरा अस्विकार गरेपछि टिकट पाईन। त्यसपछि राप्रपाबाट उम्मेदवार भएँ।’

श्रेष्ठ थरका ति ब्यक्तिको प्रश्ताव अस्विकार गर्दा आफुलाई मात्रै आउट गरेर बाँकी सेटलाई कांग्रेसले टिकट दिएको उनको आरोप छ। धरान १४ का नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले समेत राप्रपाबाट वडाध्यक्षको टिकट लिएका छन् । पार्टीले दोहोर्याउन अस्विकार गरेपछि अघिल्लो कार्यकालका बाकी काम पुरा गर्न राप्रपाबाट उमेदवार बनेको भट्टराईले बताए ।
 

विशेष