News

केशव स्थापित काठमाण्डौंको मेयर भए गाँजाले पाउँछ कानुनी मान्यता ?

यस्तो छ केशव स्थापितको गाँजाबाट समृद्धि ल्याउने योजनाः करोड कमाएपछि सार्की पनि कार्की हुन्छ

केशव स्थापित काठमाण्डौंको मेयर भए गाँजाले पाउँछ कानुनी मान्यता ?

काठमाण्डौं महानगरपालिकाका लागि नेकपा एमालेकातर्फबाट मेयरको उम्मेदवार वनेका केशव स्थापितलाई कतिपयले ‘गफाडि’ भनेर चिन्छन् । उनी व्यापारिक योजना र सपनाको जाल बुन्न सिपालु छन्।

उनी जोखिम लिन सक्छन् तर छुद्र वोल्छन्। खरो र स्पष्ट बक्ता हुन। बोलीहाल्ने, सपना देखाई हाल्ने, योजना सुनाई हाल्ने, आशाबादी बन्न प्रेरित गर्ने व्यक्तिको रुपमा नेता कार्यकर्ताको वीचमा छवि निर्माण गरेका स्थापित काम नगर्ने, कुरा मात्रै गर्नेको भिडमा काम गर्ने मान्छेमा गनिन्छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीकै लाईनका ब्यक्ति हुन भनेर पनि उनलाई कतिपयले चिन्ने गर्छन। 

उनको कुरा धेरैलाई अपत्यारिलो लागेपनि उनका योजना र सपना पत्याउँने मात्रै हो भने देशको गरिबी, असमानता र पछौटेपन सकिन धेरै कुर्नु पर्दैन । उनी बाग्मती प्रदेशको मन्त्री हुँदा नेपालमा प्रतिवन्धित गाँजा खेती गर्न पाउनु पर्छ भनदै प्रदेश सभामा विधेयक नै दर्ता गरे।

उनले प्रदेश संसदीय दलको बैठकमा गाँजा खेति गर्न कानून पास हुनुपर्ने बताए । गाँजाबाट कपडा र तेल उत्पादन हुने र केजीकै १५ हजार रुपैयाँ पर्ने भएकाले सबैलाई गाँजाखेतिमा प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ। 

‘अब हामी १५/२० रुपैयाँ केजी पर्ने उत्पादक किन गर्ने ? जबकी गाँजा एक केजीकै १५ हजार रुपैयाँ पर्छ, त्यही बेचेर करोडपति हुन सकिन्छ, करोडपति भएपछि सार्की पनि कार्की हुन्छ,’ उनी भन्छन्।  उनका अनुसार १ रोपनी जमिनमा ४ सय केजी गाँज उत्पादन हुन्छ। ४ सय केजी गाँजा वेचेर ६० लाख आम्दानी हुने उनी वताउँछन् । भारतमा काम गर्न जाने युवालाई गाँजाबाट कपडा कसरी निकाल्ने, तेल कसरी निकाल्ने भनेर तालिम दिनुपर्ने बताउँछन् ।

गाँजा खेतीले नै नेपालको राष्ट्रिय एकतालाई बल पुर्याउने उनी वताउँछन् । नेपालमा राजतन्त्र अन्त्य भएर गणतन्त्र आइसकेको अवस्थामा समेत दलित समुदाय सधै दलित बनिरहेको भन्दै उनले गाँजा खेतिले दलितहरुको रुपान्तरण हुन सक्ने उनको तर्क छ । 

केही मान्छेहरुले गाँजाखेतीको कुरालाई हाँसोको रुपमा लिने गरेको भन्दै उनी विदेशमा रहेका लाखौ युवालाई गाँजा खेती मार्फत स्वरोजगार वनाउन सकिने दावी गर्छन। बाँझो रहेको र छोडेर गएको जमिनमा यसको खेति गर्नुपर्नेमा उनको जोड छ । एक रोपनी गाँजाखेतीबाट ५ लाख कमाउन सकिने पनि उनको अनुमान छ ।

स्थापित भन्छन्– गाँजाको बजार भनेको औषधि हो। यसका लागि विभिन्न प्रकारका औषधि उत्पादन गर्ने उद्योग खोल्न सकिन्छ। सहकारीलाई नै उद्योग स्थापना गर्न प्रोत्साहन गर्न सकिन्छ । यसको रेसाबाट कपडा बनाउन पनि सकिन्छ । यस्ता उद्योग सञ्चालन गर्न सकेमा सबै ठाउँमा रोजगारी उत्पादन गर्न सकिन्छ ।

गाँजाको जरोदेखि गेडासम्मको उपयोग गर्ने गरी उद्योग स्थापना गर्ने हो भने नेपाल र नेपाली सम्पन्न हुनेछन् । अझ यसको खेती गरेपछि किसानले सरकारलाई नै बेच्नुपर्ने व्यवस्था गरेपछि यसको नियन्त्र पनि हुन्छ । सरकारले तोकको अधिकारीले नियमन गर्ने गरी काम गरेमा त्यसको उपयोग गर्ने गरी उद्योगहरू सञ्चालन गर्न सकिन्छ ।

यो पनि,

केशव स्थापित

विशेष