News

यसरी पक्राउ परे उपचार गरिरहेका नक्कली चिकित्सक

यसरी पक्राउ परे उपचार गरिरहेका नक्कली चिकित्सक

उपचारका नाममा विरामीलाई दुःख दिएको र ठगी गरेको आरोपमा मोरङबाट दुई नक्कली चिकित्सक पक्राउ गरेको छ। पथरीशनिश्चरे–१ र सुन्दर हरैचा–३, गछियाबाट उनीहरु पक्राउ परेका हुन।

पथरीशनिश्चरे–१ मा श्रीराम पाइल्स क्लिनिक सञ्चालन गरेका भारतको दार्जिलिङका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैंचा–३ गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका दार्जिलिङकै २९ वर्षीय सनोड मण्डल पक्राउ परेका हुन्।

चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलमा दर्ताबिना नै बिरामीलाई ठगी गर्दै आएको पाईएपछि उनीहरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले वताए ।

उनीहरु विरुद्ध इलाजसम्बन्धी कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

विशेष