News

अस्पतालको पाँचौ तलाबाट हाम फालेर आत्महत्या, श्रीमती र छोरी थिए कुरुवा

अस्पतालको पाँचौ तलाबाट हाम फालेर आत्महत्या, श्रीमती र छोरी थिए कुरुवा

पाल्पामा एक जना विरामीले अस्पतालको पाँचौ तलाबाट हामफालेर आत्महत्या गरेका छन् । प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत बिरामीले हाम फालेर आत्महत्या गरेका हुन्।

घर नजिकै लडेर घाइते भएका पाल्पाको रामपुर ७ कठानका ४२ वर्षिय गंगाबहादुर सोमैले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

गत वैशाख ९ गते भाइको घर गएका उनी फर्किँदा घरनजिकैको सडकको नालीमा लडेर घाइते भएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। तर मंगलबार राती उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

विरामी कुर्न वसेका श्रीमती र छोरीलाई झुक्याएर उनी मंगलवार राती पाँचौ तलाबाट हामफालेको पाईएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेको जनाएको छ। 
 

आत्महत्या

विशेष