News

माओवादी नेताले यसरी गराए दुई पक्षबीच झडप, एक जना घाईते

माओवादी नेताले यसरी गराए दुई पक्षबीच झडप, एक जना घाईते

टिकट वितरणमा पार्टीका नेताहरुको कमजोरीले जुम्लाको हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच कुटाकुट भएको छ। गाउँपालिका उपाध्यक्षको टिकटको विषयमा दुई पक्षविच कुटाकुट भएको हो ।

नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुई जनाको नाममा टिकट पठाएपछि कार्यकर्ताबीच झडप भएको हो। स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप हुँदा एक जना घाइते भएका छन् ।

माओवादी केन्द्रकोतर्फबाट कल्पना परियारले पहिला उम्मेदवारी दर्ता गराएकी थिइन् । विनसा रोकायाको नाममा समेत उपाध्यक्षमा पार्टीको टिकट आएको थियो । उनी उम्मेदवारी दर्ता गराउन टिकट लिएर लाइनमा बसेकी थिइन् । उनले कल्पनाको उम्मेदवारी दर्ता भईसकेको जानकारी पाईन। त्यसपपछि रोकायाले स्वतन्त्र रूपमा उम्मेदवारी दिईन।

सो विषयलाई लिएर दुई पक्षबीच विवाद भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुवन भट्टले वताए । झडप हुँदा ढुंगा हानाहान भएको थियो। ढुंगा लागेर हिमा गाउँपालिका ६ का ४५ वर्षीय छत्र अधिकारी घाइते भएको प्रहरीले जनाएको छ।
 
अधिकारीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भर्ना गरिएको छ। 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भए पनि स्थानीय तहमा कल्पनाको नाम दर्ता गराइएकाले त्यो समस्याको समाधान खोजिनु पर्ने वताए । 
 

विशेष