News

बेदकोट नगरपालिकाको उपमेयरमा माओवादीबाट कमरेड सिमा उम्मेदवार

बेदकोट नगरपालिकाको उपमेयरमा माओवादीबाट कमरेड सिमा उम्मेदवार

नेकपा माओवादी केन्द्रले कन्चपुरको बेदकोट नगरपालिकाको उपमेयरका लागि हिरा जैंसी (सिमा) लाई उम्मेदवार बनाएको छ । नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनमा माओवादी केन्द्रले बेदकोटमा उपमेयर पाएको छ । मेयरमा भने एकिकृत समाजवादीका रामचन्द्र जोशी उम्मेदवार भएकाछन् । 


माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य  समेत रहेकि जैंसिलाई सर्वसम्मत निर्णयले उम्मेदवारको रुपमा अघि सारिएको माओवादी केन्द्रका नेता रमेश धामीले बताए । उम्मेदवार जैँसी माओवादीकि द्धन्द्धकालिन लडाकु हुन् ।

जैसीले ५९ सालमा भुमिगत राजनिति सुरु गरेकी थिइन् । पार्टी संगठनको विभिन्न भुमिका रहेर काम गरेकि जैंसी  अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य भएकि थिइन् । डडेल्धुराको रुपालमा जन्मिएकी जैंसीले भुमिगत समयमै जनवादी विवाह गरेकि थिइन् । 

उपमेयर बेदकोट नगरपालिकाका

विशेष