News

एनसिआइटिको क्याम्पस स्तरिय हाजिरीजवाफ बैशाख १८ देखि हुने 

एनसिआइटिको क्याम्पस स्तरिय हाजिरीजवाफ बैशाख १८ देखि हुने 

एनसिआइटि म्यानेजमेन्ट क्लबले वैशाख १८ मा स्नातक तह स्तरिय हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । ललितपुरको बालकुमारी रहेको नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीको एनसिआइटि म्यानेजन्ट क्लब उक्त प्रतियोगगिता आयोजना गरेको छ । 


प्रतियोगितामा काठमाण्डौं उपत्यकाभित्रका पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरु संलग्न हुन सक्नेछन् । 


प्रतियोगिताका लागि सहभागि हुने कलेजहरुलाई मंगलबार आयोजकले अभिमुखिकरण गराएको थियो । 

आयोजक संस्था नेपाल कलेज अफ ईन्फरमेसन टेक्नोलोजी, व्यवस्थापन विभाग अन्तरगतको एनसिआइटि म्यानेजमेन्ट क्लबका अध्यक्ष जयनमान श्रेष्ठका अनुसार प्रतियोगितामा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त व्यवस्थापन विषय पढाई हुने क्याम्पसहरुको प्रतिनिधित्व रहनेछ । उनी भन्छन्, यो प्रतियोगिता एउटा महत्वकांक्षी कार्यक्रम हुने भएकाले हाम्रो उदेश्य क्याम्पस स्तरका विद्यार्थीहरुमा नेतृत्व तथा बौद्धिक क्षमताको प्रवर्धन गर्ने भएको हुँदा यसको छुट्टै महत्व रहेको छ ।

कार्यक्रम संयोजक सुदर्शन पंज्ञानीका अनुसार वैशाख १८ गतेदेखि सुरु हुने कार्यक्रममा जम्मा २० वटा कलेजहरुको सहभागिता रहने र विजेताहरुलाई आकर्षक नगद पुरस्कार तथा अन्य विभिन्न अवसरहरु प्रदान गरिनेछ । प्रथम पुरस्कार रु ५१,१०० र द्वितिय पुरस्कार नगद रु २०,००० रहेको र कार्यक्रममा देशका प्रतिष्ठित व्यवसायिक संघ संस्थाहरुको प्रायोजन रहेको छ। उनले बताएका छ्न ।

एनसिआइटि हाजिरीजवाफ

विशेष