News

वीरगञ्जमा किन जलाईयो चीनियाँ राष्ट्रपतिको पुतला ?

वीरगञ्जमा किन जलाईयो चीनियाँ राष्ट्रपतिको पुतला ?

चीनसँगको गोप्य बीआरआई सम्झौता विरुद्ध पर्साको विगरगञ्जमा प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियान निकट विद्यार्थीहरुको विआरआई सम्झौता राष्ट्रघाती भएको भन्दै प्रदर्शन गरेका हुन।

बीरगंज स्थित माइस्थान चौकमा भएको प्रदर्शनमा बीआरआई सम्झौता खारेज गर्न माग गरिएको छ। विधार्थी परिषदका केंद्रीय संयोजक विवेक कुशवाहाको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा राष्ट्रघाती बीआरआई सम्झौता सार्वजनिक गर, चिनिया विस्तारवाद बन्द गर, पोखरा बिमानस्थलमा भएको भष्टाचार छानबिन गर, रेलको बहानामा सैन्य विस्तार बन्द गर, अघोषित नकाबन्दी खुल्ला गर, नेपाली विधार्थीहरुको पठन पाठन सुचारु गर र मिचिएको नेपाली भूमि फिर्ता गर जस्ता नारा लगाइएको थियो ।

विद्यार्थीहरुले चीनविरूद्ध नारा लगाउँदै चिनियाँ राष्ट्रपति सी चिङफिङको पुतला समेत दहन गरेका छन् । बीआरआई अन्तर्गत नेपालले रेल, सडक, ऊर्जा गरी आठ दशवटा परियोजनामा चिनियाँ लगानी भित्र्यान खोजिरहेको भनिए पनि आधिकारिक रूपमा तिनको पहिचान भइसकेको छैन।
 

विशेष