News

फुटपरस्त भएको आरोपमा विप्लबले गरे दुई नेतालाई कारवाही

फुटपरस्त भएको आरोपमा विप्लबले गरे दुई नेतालाई कारवाही

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दुई जना नेतालाई फुटपरस्त भएको आरोप लगाउदै जिम्मेवारी मुक्त गरेका छन् । पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई सम्पुर्ण जिम्मेवारीबाट पदमुक्त गरिएको हो ।

दुवै जनालाई अनिश्चितकालसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था सृजना भएको छ’ विज्ञप्तिमा भनिएको छ। यो कारबाही बाध्यता भएको पनि विप्लवले उल्लेख गरेका छन् ।

वलीले एक टेलिभिजन अन्तरवार्तामा विप्लवले विभिन्न संस्थामा लगानी गरेको र विलासी जीवनशैली अपनाएको आरोप लगाएका थिए । बास्तोलाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनीयुक्त वक्तव्य पनि निकालेका थिए ।


 

विशेष