News राजनीति

कांग्रेस नेताले उम्मेदवारसँग पैसा उठाएको यसरी भयो पुष्टि

कांग्रेस नेताले उम्मेदवारसँग पैसा उठाएको यसरी भयो पुष्टि

स्थानीय तहमा उम्मेदवार वन्न टिकटका लागि कांग्रेसले पैसा उठाएको आरोपलाई नेता डा. शेखर कोइरालाले पुष्टि गरेका छने । स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको उनले बताए।

आज प्रेस विज्ञप्ति जार्दै कोइरालाले भनेका छन्, ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरु यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन् ।’

‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन्। कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन्’– उनले विज्ञप्तिमा भनेका छन् ।

पार्टीभित्र भइरहेका यस्ता क्रियाकलापबाट निराश नहुने तर गलत कार्यहरु तत्काल रोकिनुपर्नेमा कोईरालाले जोड दिएका छन् । गलत क्रियाकलापका कारण कांग्रेस नेता–कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य भएको भन्दै कोइारालाले त्यस्ता साथीहरुलाई कांग्रेसको मूल प्रवाहमा फर्किन आग्रह पनि गरेका छन् ।

०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसबाट धरान उपमहानगरपालिका–१ को वडाअध्यक्ष जितेका रोशन अधिकारी यस पटक कांग्रेस छोडेर राप्रपाबाट उम्मेदवार वनेपछि नेताहरुले उम्मेदवारसँगै पैसा मागेको रहस्य खुलेको थियो। अधिकारीले उम्मेदवार वन्न ५ लाख रुपैयाँ मागेपछि आफुले कांग्रेस छोड्नु परेको जिकिर गरेका छन् ।

‘पुनः वडा अध्यक्षको टिकट चाहिए ५ लाख चाहिन्छ भन्दै प्रश्ताव आयो। मैले पैसा दिने कुरा अस्विकार गरेपछि टिकट पाईन। त्यसपछि राप्रपाबाट उम्मेदवार भएँ’– उनले भनेका छन्। श्रेष्ठ थरका ति ब्यक्तिको प्रश्ताव अस्विकार गर्दा आफुलाई मात्रै आउट गरेर बाँकी सेटलाई नै कांग्रेसले टिकट दिएको उनको आरोप छ।
 

विशेष