News

आईतवार पनि सार्वजनिक विदा, अरु दिन साढे ९ देखि नै कार्यालय खुल्ने

आईतवार पनि सार्वजनिक विदा, अरु दिन साढे ९ देखि नै कार्यालय खुल्ने

अव सातामा दुई दिने सार्वजनिक बिदा हुने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो।

सरकारको निर्णय अनुसार शनिबार र आइतबार लगातार विदा हुनेछ। अरू दिन कार्यालयहरू  बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन्।

पेट्रोलियम पदार्थको महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो। 

विशेष