News

नेताहरुलाई किन लाग्छ आफनो भन्दा अरुको वढि चिन्ता ?

नेताहरुलाई किन लाग्छ आफनो भन्दा अरुको वढि चिन्ता ?

स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु आफुलाई राम्रो सावित गर्ने भन्दा पनि अर्कालाई नराम्रो देखाउने खेलमा लागेका छन्। कसैलाई अर्काको घोषणा पत्र मन परेको छैन भने कसैलाई अर्काको उम्मेदवार नै मन परेको छैन।

यसैक्रममा नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले राजनीतिमा समिर्पित नेता÷कार्यकर्ताप्रति अथाह चिन्ता ब्यक्त गरेका छन् । उलने सिर्जना सिंहलाई काठमाण्डौं महानगरेको मेयरमा उठाएर नेपाली कांग्रेसले राजनीतिमा समर्पित महिलाको अपमान र अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।

‘कांग्रेसले काठमाडौंमा ३० बर्षसम्म पार्टीको कुनै कमिटीमा नरहेको, सार्वजनिक जीवनमा एक दिन पनि देखा नपरेको र आफैँ घर सम्हालेर बसेँ भनेर बोलिरहेकी महिलालाई नेताकी श्रीमती भएकै आधारमा अघि सारेर राजनीतिमा समर्पित सम्पूर्ण महिलाहरूको अपमान र अवमूल्यन गरेको छ’ भन्दै फेसवुकमा लेखेका छन् ।

बहुदलीय व्यवस्था स्थापनापछि गणेशमान सिंहले श्रीमती र छोरालाई उम्मेदवार बनाउँदा पटकपटक काठमाडौंमा पराजयको नियति भोग्नुपरेको उनले दाबी गरेका छन् । सिर्जनालाई उम्मेदवारी दिलाएर प्रकाशमानले गणेशमानको बाटो रोजेको रिजालको टिप्पणी छ ।

‘प्रकाशमान सिंहले पनि त्यही बाटो रोज्नुभएको छ। आफ्नी श्रीमती र छोरालाई हराउँदा काठमाडौंका जनतालाई ‘भेडा’ भन्नुपरेका दिनहरू सम्झिँदा मात्रै पनि उही नियति दोहोरिँदैनथ्यो कि !’ भन्दै उनले आलोचना गरेका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणा पत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका थिए। त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन नसकिने भन्दै उनले राजनीतिक विश्लेषण नै नभएको वताए थिए।

कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि ओलीलाई जवाफ दिदै एमालेलाई हावादारीको संज्ञा दिएका थिए ।
 

विशेष