News

भरतपुर एमालेका मेयर उम्मेदवार मतदाताको पाउमै लम्पसार !

भरतपुर एमालेका मेयर उम्मेदवार मतदाताको पाउमै लम्पसार !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहालका कारण उसैपनि चर्चामा रहने चितवनको भरतपुर महानगरपालिका वेला–वेला चर्चामा आईरहेने ठाउँ हो। कहिले रेणुलाई टिकट नदिने विषयमा दवाव सृजना गर्ने कांग्रेस कार्यकर्ताका कारण चर्चामा आयो भने कहिले बागी उम्मेदवारका कारण चर्चामा छ।

अहिले पछिल्लो समय भने नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार वनेका विजय सुवेदीका कारण भरतपुर चर्चामा छ। चुनाव जित्न अनेक हथकण्डा अपनाउने क्रममा उनले मतदाताको खुट्टा ढोग्दै हिड्न थालेका छन्। कांग्रेस, माओवादी लगायतका दलहरुको गठवन्धनका कारण उनलाई दवाव छ। त्यसैले उनी चुनाव जित्न जे सुकै गर्न थालेको उनका  विरोधीहरु वताउँछन् ।

मेयरका उम्मेदवार सुवेदीले चुनावी प्रचारका क्रममा भरतपुरको पार्वतीपुरका ८३ वर्षका धनवल्लव न्यौपानेलाई खुट्टामा ढोगेपछि यसको चर्चा ब्यापक छ। सुवेदीले खुट्टा ढोगेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

सुवेदीका स्वकिय सचिव सुरेश पौडेलले भने ०१३ सालका वयोवृद्ध कम्युनिस्ट नेता भएकोले राजनीतिक गुरुका रुपमा खुट्टा ढोगेर सम्मान गरिएको वताए । तर, उनले विहिवार पनि पदमपाणि सुवेदीको खुट्टा ढोगेको स्थानीयले बताएका छन्। 

सुवेदी बागमती प्रदेश सभाका सदस्य थिए। उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए। भरतपुरको मेयरमा एमालेबाट पोलिटव्युरो सदस्य देविप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको पनि चर्चा थियो। स्रोतका अनुसार ज्ञवालीले नै सुवेदीलाई मेयर पदको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ज्ञवाली भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार थिए। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुँदा उनी झिनो मतान्तरले पराजित भएका थिए।   

मेयरको उम्मेद्वार सुवेदी वृहत चितवनको गुरूयोजना निर्माणका अगुवा हुन्। उनी चितवनमा विकासको भिजन भएका नेताका रूपमा परिचित छन्। उनी बागमती प्रदेशमा अष्ठलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री भएका थिए। 

सुवेदी नेकपा विभाजन भएपछि नेकपा एमालेको बागमती प्रदेश सचिवालय सदस्य भएका थिए। उनी नेकपा एमाले चितवनको सचिव भइसकेका छन्। 
 

विजय सुवेदी

विशेष