News

मेयरको टिकट पाएपछि २२ वर्ष अघिको पेश्की फर्छ्यौठ, रातारात पैसा जम्मा

मेयरको टिकट पाएपछि २२ वर्ष अघिको पेश्की फर्छ्यौठ, रातारात पैसा जम्मा

स्थानीय तहमा एक पटक जनप्रतिनिधि भएर निस्किएको ब्यक्तिका नाममा वेरुजु देखिए सामान्यता फर्छ्यौठ हुन सकस पर्छ। तर,  पछिल्लो पटक निर्वाचन आयोगले सरकारी कार्यालयमा वेरुजु रहेको ब्यक्तिले उम्मेदवारी दिन नपाउने नियम वनाएपछि त्यस्ता ब्यक्तिले धमाधम वेरुजु फर्छ्यौठ गरेका छन्।

तिनै मध्येका एक हुन सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार वनेका किशोर राई। उनले करिव २२ वर्षअघि लिएको पेश्की रकम मेयरमा उम्मेदवारी दिने भएपछि रातारात तिरेका छन् । 

०५४ सालको स्थानीय निकायको निर्वाचनमा धरान १२ मा सदस्य जितेका राईले विभिन्न खेलकुद कार्यक्रमका लागि पेश्की लिएका थिए। ०५६ साल असोज १२ देखि ०६७ वैशाख २७ गतेसम्म ११ वर्षको अवधिमा उनले कूल १ लाख ३ हजार ४ सय रुपैयाँ पेस्की लिएको देखिन्छ। तर, उनले पेश्की फर्छ्यौठ गर्ने विषयमा वेवास्ता गरेका थिए ।

लामो समयदेखि पेश्की रकम  फर्छ्यौठ नगरेको विषयमा पटक–पटक उपमहानगरपालिकाले तागेदा पनि गरेको थियो। तर, उनले पेश्की फर्छ्यौठ गर्न इन्कार गरे। यस विचमा मेयरको टिकट पाउने निश्चित भएपछि राईले २२ वर्ष अघि लिएको पेश्की रकम रातारात फरफारक गरी तिर्नुपर्ने रकमसमेत बुझाको जनाईएको छ।

उपमहानगरका अनुसार उनले मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार भौचर नम्बर १२६३ बाट वडा सदस्य किशोर राईको नाममा रहेको पेश्की रकम प्राप्त बैङ्क भौचर नम्बर १०१५६ तथा १०२१५ अनुसार ७९ हजार ४ सय रुपैयाँ फर्छ्यौठ गरेका थिए । वैशाख १२ गते सोमबार विभिन्न चेकमार्फत बाँकी २४ हजार रुपैयाँसमेत भुक्तानी गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरका अनुसार गत सोमबार भौचर नम्बर १२६८ बाट तत्कालीन १२ नम्बर वडाध्यक्ष किशोर राईको मिति २०५७/०६/०४ को ढल सफाइ कार्यको पेश्की संलग्न भर्पाइ तथा अर्थ तथा सार्वजनिक लेखा समितिको सिफारिसको आधारमा ३ हजार रुपैयाँ, भौचर नम्बर १२६९ बाट १० हजार र १२७४ भौचर नम्बरबाट ११ हजार रुपैयाँ फर्छ्योट गरिएको छ । 

धरान उपमहानगरपालिका किशोर राई

विशेष