रश्मिलाले नेवारी भाषामै केशव स्थापितलाई दिइन दनक !

नेकपा एमालेले पुर्वमेयर केशव स्थापितलाई काठमाण्डौं महानगरको मेयरको उम्मेदवार वनाएपछि महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापतिले काठमाण्डौंको नेवार समुदायलाई लक्षित गर्दै गम्भिर प्रश्न उठाकी छिन् । स्थापित विरुद्ध यौन दुर्ब्यवहारको आरोप लगाउँदै आएकी प्रजापतिलेले ‘भाग पाउने भएपछि यौन दुराचारी भएनी, भ्रष्टाचारी भएनी र नेवारकै घर भत्किने भएनी केही फरक नपर्ने हो ?’ भन्दै प्रश्न गरेकी छिन् ।
नेवारी भाषामा स्ट्याटस लेख्दै उनले फेसवुकमा भनेकी छिन् ‘नेवाःत बाफ रे छथ्वः नेवाःत, यौन दुराचारी सां छुं मपाः, भ्रस्टाचारी सां ल्याःमदु, नेवाःतयेगु छेँ थुनिम्हसां जिउ ! व त्यातकि वं याइगु भ्रस्टाचारय् थःगु भाग वइ धकाः खः ला?’ (नेपाली अर्थः यौन दुराचारी भएनी, भ्रष्टाचारी भएनी, नेवारको घर भत्किएनी केही फरक नपर्ने हो? किन त्यो भ्रष्टाचार गरेको भाग पाइन्छ भनेर हो?)
उनको यो स्ट्याटसले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। हुन त प्रजापतिले स्थापित मेयरको उम्मेदवार वन्नु अघिदेखिनै उनका विषयमा सवाल उठाउँदै आएकी थिईन। तर, उनको आरोपलाई वेवास्ता गर्दै एमालेले उनैलाई उम्मेदवार वनायो। त्यसपछि स्थापित हरेक दिन लखेटिएको लखेटियै छन्।
सामाजिक सञ्जालमा उनको उछित्तो काढ्ने गरी आलोचना भईरहेको छ। हरेक कार्यक्रममा उनलाई सोधिने एउटै प्रश्न छ– तपाई माथि ‘मि टु’ को आरोप छ, के भन्नुहुन्छ ? यो प्रश्नको उत्तर दिँदा दिँदै उनी हैरान छन्। मेयरको उम्मेदवारी दर्ता गराएको पहिलो दिन त उनी यो महत्वको विषय नै होईन, भन्ने शैलीमा प्रश्तुत भए। उनले वरु उल्टै आरोप लगाउनेलाई ‘पागल’ करार गर्दै औषधी खान सुझाव दिए । तर, यो विषय यतिमा मात्रै सिमित रहेन।
विहिवार धुम्बाराहीस्थित नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा पनि यही प्रश्न तेर्स्याईपछि उनी रिसले आगो भए। विद्यार्थीले राखेको उक्त प्रश्नमा स्थापित संयमित हुन सकेनन्, अराजक रुपमा प्रस्तुत भए। उनी वसिरहेको कुर्सीबाट उठेर प्रश्नकर्तामाथि नै जंगिए। ‘मलाई आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ। यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन’– भन्दै आराजक उत्तर दिए।
स्थापितले आरोप लागाउने महिलालाई भ्रष्टाचार गरेकाले निकालिएको जवाफ दिए। तर, उनले भ्रष्टाचारी करार गर्न खोजिएकी प्रजापतिले भने उनी विरुद्ध पटक–पटक यौन दुर्ब्यवहारको आरोप लगाउँदै आएकी छिन्। आफुलाई भ्रष्टाचारको आरोप नभई उनको यौन प्रश्ताव अस्विकार गरेका कारण जागिरबाट निकालियको विषयमा तर्कसहित प्रश्तुत हुन्छिन्। उनको तर्कको खण्डन गर्ने सामर्थ्य अहिलेसम्म स्थापितले जुटाउन सकेका छैनन्। उनी प्रजापतिको केसमा मात्र केन्द्रित हुन्छन्। उनी विरुद्ध ‘मि टु’ अभियान चलाएकी अर्की महिला उज्ज्वला महर्जनको वारेमा वोल्दैनन।
विहिवार भने अन्याय भएको भए महिला आयोग जान भन्दै अर्ति उपदेश दिएर फुत्किने असफल प्रयास गरे। यति मात्रै होईन, उनले आरोपको प्रमाण ल्याउन समेत चुनौती दिए । तर, यहि प्रमाण नभएकै कारण आरोप लगाउने महिलाहरु प्रजापति र महर्जन अहिले चुपचाप वस्न वाध्य छन्। प्रजापति महानगरपालिकाकै पूर्व कर्मचारी हुन भने महर्जन पत्रकार हुन। स्थापितको उम्मेदवारी मनोनयन दर्ताका क्रममा गैरजिम्मेवार अभिव्यक्ति आएपछि रश्मिला उजुर गर्नेसम्म निर्णयमा पुगेकी थिइन् । तर, प्रमाणबिना उजुरी गर्न नमिल्ने भएपछि उनको कदममा लगाम लागेको छ । ‘दुर्ब्यवहारको प्रमाण पनि कहीँ हुन्छ ? कसरी ल्याउन सकिन्छ प्रमाण ?’, प्रमाणको पगरी गुथेर प्रक्रियामा आउनुपर्ने भएकै कारण नेपाली समाजमा ‘मीटू’ अभियान फगत नारामै सीमित भएको रश्मिलाको निष्कर्ष छ ।
भ्रष्टाचारको आरोप
यौन दुर्ब्यवहार मात्रै होईन, केशव स्थापितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी समेत ठहर गरेको पाईएको छ। उनी पहिलो पटक महानगरको मेयर वन्दा महानगरको ३ करोड ८५ लाख ५० हजार ११३ रुपैयाँ २७ पैसा भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०६२ चैत १३ गते महानगरलाई पत्राचार गरी उक्त रकम असुल उपर गर्नु भनेपछि महानगरले पटक पटक पत्राचार गर्नेदेखि पत्रिकामा सुचना छाप्ने सम्मको काम गरेको पाईएको छ।
सुचनामा भनिएको छ–‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०६२ चैत १३ गतेको काठमाडौं महानगरपालिकाका तत्कालिन नगर प्रमुख केशव स्थापितले आव २०५४/०५५ को चुंगिकर ठेक्का सम्वन्धमा गरेको भ्रष्टाचारको रकम रु ३ करोड ८५ लाख ५० हजार ११३ रुपैयाँ २७ पैसा तत्कालिन प्रमुख केशव स्थापितबाट असूल उपर गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्थानिय विकास मन्त्रालयको पत्राचार अनुसार पटक पटक अनुरोध गरी पत्राचार गर्दा समेत उक्त रकम कामपामा दाखिला भएको नदेखिएको हुँदा कामपाको आठ दलाको राजनैतिक संयन्त्रको निर्णय समेतका आधारमा यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ। अतः यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभि कामपा मा वुझाउनु पर्ने रकम दाखिला गरी दिनु होला अन्यथा उल्लेखित रकम सरकारी बाँकी सरह असूल गरिनेतर्फ कारवाही भई जाने ब्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ।’
स्थापितले उक्त रकम वुझाए÷नवुझाको विषयमा भने हालसम्म कुनै जानकारी गराईएको छैन।
यो पनि,
- केशव स्थापित जंगिएपछि विद्यार्थीको कार्यक्रममा हंगामा
- केशव स्थापित काठमाण्डौंको मेयर भए गाँजाले पाउँछ कानुनी मान्यता ?
- काठमाण्डौंमा सुनिता डंगोलको उम्मेदवारी महिलाको सम्मान की अपमान ?
- यौन दुराचारको आरोप लागेका केशव स्थापितलाई पोलिग्राफ टेस्ट गर्न चुनौती
- काठमाण्डौंको मेयर भइहाले केशब स्थापितले गगन थापाका बाख्रा खोज्लान ?
- विधुवा विद्याको सारीमा रातो छर्केर किशुनजीलाई हराउने केशव स्थापित !
- काठमाण्डौंमा गठवन्धन विरुद्ध एमालेको ‘मिसाईल’– केशव स्थापित उम्मेदवार
- ‘महाराज’ केसब स्थापित फेरी काठमाण्डौंको ‘नगरपिता’ हुने !