News

भरतपुरमा बागी फकाउन कांग्रेस र माओवादी नेताको दौडधुप

भरतपुरमा बागी फकाउन कांग्रेस र माओवादी नेताको दौडधुप

एमाले हराउने अभियानमा लागेका सत्तारुढ गठवन्धनका नेताहरुलाई बागी उम्मेदवारका कारण चुनौती वढेको छ। विशेषगरी चितवनको भरतपुर महानगरपालिकामा बागीका कारण कांग्रेस र माओवादी दुवै दलका नेतालाई तनाव छ।

यही तनावका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल मंगलवार विहानै भरतपुर पुगेर फर्किए । उनी किन गए भन्ने कुरा स्पष्ट रुपमा सार्वजनिक नभएपनि उनलाई भरतपुरमा छोरी रेणु दाहाललाई चुनाव जिताउनै पर्ने बाध्यता छ।

अर्कोतर्फ प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरवहादुर देउवालाई वागी उम्मेदवार फकाउन एकपछि अर्को दुत खटाई रहेका छन् । बुधवार गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बुधवार चितवन पुगेका थिए ।

सत्तारुढ गठबन्धनको शीर्ष तहमा भएको भागवण्डामा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको छ भने उपमेयर कांग्रेसले लिएको छ । तर मेयर आफ्नो दलले पाउनुपर्ने अडानमा रहेका कांग्रेस नेताहरुले पूर्व सांसद जगन्नाथ पौडेलले मेयरको उम्मेदवारी उम्मेदवारी दिएका छन् ।

उनको उम्मेदवारी कायमै रहे भरतपुरमा सत्ता गठबन्धनलाई समस्या पार्ने आकंलन गरिएको छ । किनकी एमाले आफैंमा बलियो प्रतिस्पर्धी हो, उसले राप्रपासँग तालमेल गरेर शक्ति बढाएको छ । अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा समेत जम्मा २०३ मतले एमाले उम्मेदवार देवी ज्ञवाली पराजित भएका थिए । त्यसबेला एमाले एक्लै चुनावमा होमिएको थियो ।

यो पटक उसले राप्रपाको साथ पाएको छ । सत्तारुढ गठबन्धनमा भने विवाद झन् बढेको छ । यसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मात्र होइन, सत्ता गठबन्धनलाई दबावमा राखेको छ ।

त्यही कारण खाँण चितवन पुगेका हुन । खाँण पुगेपछि केन्द्रीय सदस्य टेकप्रसाद गुरूङले गृहमन्त्री खाँणलाई ‘भरतपुरलाई रुकुम रोल्पा बनाउन खोजेको हो ?’ भन्दै प्रश्न गरे ।

खाँड चितवनमै रहेका वेला बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि बिहीबार बिहान भरतपुर पुगेका छन् । भरतपुर पुगे लगत्तै श्रेष्ठ पौडेललाई भेट्न उनको निवास पुगेका छन् ।

भरतपुर–७ कृष्णपुरस्थित पौडल निवासमा पौडेल र श्रेष्ठबीच उम्मेदवारी फिर्ता लिनेबारेमा छलफल भएको छ । भेटमा पौडेलले कांग्रेस बचाउनका लागि आफ्नो उम्मेदवारी कायमै रहने जवाफ दिएको स्रोतले बतायो । 
 

भरतपुर महानगरपालिका बागी उम्मेदवार जगन्नाथ पौडेल

विशेष