News

रेणु विरुद्धको बागी उम्मेदवारी फिर्ता लिन पौडेल कसरी भए सकारात्मक ?

रेणु विरुद्धको बागी उम्मेदवारी फिर्ता लिन पौडेल कसरी भए सकारात्मक ?

भरतपुर महानगरमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका जगन्नाथ पौडेललाई फकाउने प्रयास सफल हुँदै गएको सभापति देउवाका दुत तथा राज्यमन्त्री उमेश श्रेष्ठले वताएका छन् ।

पाँचदलिय गठवन्धनकी साझा उम्मेदवार रेनु दाहालविरुद्ध बागी बनेपछि पौडेल समस्याको रुपमा देखिएका छन् । उनलाई फकाउन नेकपा माओवादी र नेपाली कांग्रेसका नेताहरु दौडधुप गरिरहेका छन् ।

देउवाले यसअघि गृहमन्त्री वालकृष्ण खाँडलाई चितवन पठाएका थिए भने आज राज्यमन्त्री श्रेष्ठ पनि चितवन पुगेका छन् । श्रेष्ठले पौडेलसँग भेटवार्ता गरेका छन्। 

भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित पौडेलको घरमै पुगेर राज्यमन्त्री श्रेष्ठले उम्मेदवारी फिर्ता लिन सुझाव दिए। यस क्रममा पौडेलबाट सकारात्मक जवाफ पाइएको राज्यमन्त्री श्रेष्ठले बताएका छन्। 

‘उहाँ पोजेटिभ हुनुहुन्छ। गृहमन्त्री पनि आउँदै हुनुहुन्छ उहाँसँग पनि कुरा हुन्छ। छलफलपछि निचोड निस्किन्छ।’– राज्यमन्त्री श्रेष्ठले भने, ‘

विशेष