News

पल शाहलाई बलात्कारको आरोप लगाउने गायिकाको भावुक स्ट्याटस

पल शाहलाई बलात्कारको आरोप लगाउने गायिकाको भावुक स्ट्याटस

नायक पल शाह विरुद्ध बलात्कार मुद्दा दर्ता गराएर अदालतमा बयान फेरेकी बालिकाले फेसवुकमा भावुक स्ट्याटस लेखेकी छिन् । लामो समयपछि सामाजिक सञ्जालमा सकृय भएकी नावालिकक गायीकाले ‘प्रमिल स्ट्याटस’ पोष्ट गरेकी हुन।

उनको स्ट्याटस नायक शाहतर्फ नै लक्षित रहेको अनुमान लगाउन सकिन्छ। उनले कविताको शैलीमा लेखेको स्ट्याटस यस्तो छः

तिमीलाई माया गर्छुर त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु

नावालिक गायिकाको यो स्ट्याटसलाई बयान फेरेको विषयसँग जोडेर हेर्न थालिएको छ। उनले पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएर अदालतमा बयान फेरेकी थिईन। उजुरी दिएपछि उनी पक्षका वकिलहरु ‘पल शाहले वलात्कार गरेको र मेडिकल परिक्षणका क्रममा कन्याजाली समेत फोटेको भेटिएको’ भन्दै दावी गरेका थिए ।

तर, नाबालिग गायिका बयान फेरेपछि उनीहरु निरास छन् । पल शाह अहिले पनि पुर्पक्षका लागि हिरासतमा छन् । उनले भावुक मुद्राको तस्बिरसमेत शेयर गरेकी छन् ।
 

पल शाह

विशेष