News

५० मिटर अग्लो पर्खाल चढेर हामफाल्दा आमाको मृत्यु, छोरो सिकिस्त

५० मिटर अग्लो पर्खाल चढेर हामफाल्दा आमाको मृत्यु, छोरो सिकिस्त

पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको पाँचौ तलाबाट हाम फालेर विरामीले आत्महत्या गरेको घट्ना सेलाउन नपाउँदै भक्तपुरमा यस्तै प्रकृतिको घट्ना भएको छ। 

मोरङको सुन्दर हरैचा नगरपालिका–९ बिराटचोक घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ कमेरेटारमा डेरा गरी वस्दै आएको आमाछोराले नै करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफालेका छन् । घट्नामा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको छ । उनीसँगै हामफालेका उनका ४९ वर्षीय छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् ।

गएराति करिब साढे १० बजेतिर दुवै जना पर्खालमा चढेर हाम फालेका थिए । मनमायाको घटनास्थलमै मृत्यु भएको छ भने मातुरामको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपछि बीर अस्पतालमा थप उपचार भइरहेको छ ।

उनीहरु दुवैजना डिप्रेशनको बिरामी रहेको पाईएको छ। लामो समयदेखि औषधी सेवन गर्दै आइरहेका उनीहरुले रोगकै कारण यस्तो अप्रिय काण्ड गरेको हुन सक्ने डिएसपी राजु पाण्डेले जानकारी दिए । 

यसअघि घर नजिकै लडेर घाइते भएका पाल्पाको रामपुर ७ कठानका ४२ वर्षिय गंगाबहादुर सोमैले लुम्बिनी मेडिकल कलेजको पाँचौ तलाबाट हाम फालेर आत्महत्या गरेका थिए । गत वैशाख ९ गते भाइको घर गएका उनी फर्किँदा घरनजिकैको सडकको नालीमा लडेर उनी घाइते भएका थिए।

कुर्न वसेका श्रीमती र छोरीलाई झुक्याएर उनले मंगलबार राती आत्महत्या गरेका थिए।
 

विशेष