News

सुनिता डंगोल विज्ञ भएर ५ वर्षसम्म महानगरपाकिलामा के गरिन् ?

सुनिता डंगोल विज्ञ भएर ५ वर्षसम्म महानगरपाकिलामा के गरिन् ?

प्राय आफनै कारणले सधैं विवाद र चर्चामा रहने काठमाण्डौं महानगरपालिकाका पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री केशव स्थापित नेकपा एमालेका तर्फबाट फेरी काठमाण्डौंको मेयरको उम्मेदवार बनेका छन् । मेयरको उम्मेदवार बन्ने निर्णयसँगै उनी विरुद्ध महिला दुर्ब्यवहार गरेको आरोप लगाउँदै आलोचना भईरहेको छ।

अर्कोतर्फ उनकै टिमबाट उपमेयरको उम्मेदवार बनेकी सुनिता डंगोल पनि अहिले चर्चामा छिन्। अप्रत्यासित रुपमा राजनीतिमा आएपछि उनको चर्चा चुलिएको छ। मिस नेवाः २०११ की विजेता डंगोल रैथाने नेवार समुदायबाट प्रतिनिधित्व गर्छिन। उनी संचारकर्मी, कुशल उदघोषक तथा आरजे–भिजे पनि हुन। यतिमात्रै होईन, काठमाण्डौं महानगरपालिका अन्तर्गतको शहरी योजना आयोगको आकर्षक जागिर छोडेर राजनीतिमा आएपछि उनको चर्चा अझै वढेको छ।

जानकारी अनुसार मासिक ८० हजार रुपैयाँ पारिश्रमिक पाउने गरी महानगरपालिकाले उनलाई विज्ञको रुपमा आयोगमा नियुक्ती गरेको थियो। जतिवेला उनले डिप्लोमासम्मको मात्रै अध्ययन पुरा गरेकी थिईन। उनी करिव ५ वर्षदेखि आयोगमा कार्यरत थिईन। सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी डंगोल कुन विभागको विज्ञ थिईन भन्ने कुरा खुलेको छैन। यसैगरी, ५ वर्ष आयोगमा रहँदा उनले काठमाण्डौंको विकास र प्रवर्धनका लागि कस्तो विज्ञता प्रस्तुत गरिन भन्ने विषयमा उनले कतै पनि खुलाएकी छैनन् ।

आफुले गरेका सामान्य भन्दा सामान्य कुरा पनि प्रचार गर्न खप्पिस डंगोलले महानगरमा जागिर खाएको कुरा किन लुकाईन भन्ने विषयमा अहिले सर्वसाधारणले चासो ब्यक्त गरिरहेका छन्। अर्कोतर्फ सामाजिक सञ्जालमा उनको आलोचना पनि भईरहेको छ।

श्यामजंग खत्री जंगे मौसुफ नामका फेसवुक प्रयोगकर्ताले आफनो वालमा लेखेका छन्–‘सुनिता डङगोल काठमाडौं महानगरपालिकालाई कसरी समृद्ध बनाउने भन्ने बिज्ञ सल्लाहाकार रहिछन। बिगत पाँच बर्षदेखि महिनाको ८० हजार तलब बुझ्दी रहिछन– महानगरपालिकाबाट। बिगत पाँच बर्षमा बिद्यासुन्दरले समृद्ध काठमाडौंको निर्माण गरेको यीनकै सल्लाहले रहेछ। तेही भएर एमालेले अहिले उपमेयरको टिकट दिएको रहेछ।’

यसैगरी, जिके पोखरेल नामका फेसवुक प्रयोगकर्ताले पनि काठमाण्डौंको विकासका लागि ५ वर्ष विज्ञ भएर काम गरेकी डंगोललाई उपमेयर वनाएर कस्तो समृद्धि ल्याउन खोजिएको हो भन्दै आश्चर्य ब्यक्त गरेका छन् । ‘प्राप्त जानकारीअनुसार एमालेका उपमेयर उम्मेदवार सुनिता डङ्गोल काठमाडौं महानगरपालिकालाई समृद्धि बनाउने भन्ने बिज्ञ सल्लाहाकार बिगत पाँच बर्षदेखि महिना को ८० हजार तलब बुझ्दी रहिछन!’ उनले लेखेका छन्–‘केपी ओलीका सालो  केटो बिद्यासुन्दरले समृद्ध काठमाडौंको निर्माण गरेको यिनकै सल्लाहले रहेछ। त्यही भएर एमालेले अहिले उपमेयरको टिकट दिएको रहेछ! अब कस्तो समृद्धि आउने हो! केपी ग्रुपका नौटङ्गी जनताले बुझदैछन।’

यो पनि,

सुनिता डंगोल

विशेष