News

गृहमन्त्री खाँड भरतपुरबाट सिधै बालुवाटार, दुई घण्टादेखी खासखुस

गृहमन्त्री खाँड भरतपुरबाट सिधै बालुवाटार, दुई घण्टादेखी खासखुस

भरतपुरका बागी उम्मेदवारलाई मनाउन नसकेर काठमाण्डौं फर्किएका गृहमन्त्री बालकृष्ण खाँण सिधै बालुवाटार पुगेका छन्। चितवनबाट काठमाण्डौं फर्किए लगत्तै उनी प्रधानमन्त्री एवम् पार्टी सभापति शेरवहादुर देउवालाई भेटन वालुवाटार गएका हुन।

भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन खाँड त्यहाँ पुगेका थिए । खाँणले दुई दिनसम्म छलफल गर्दा पनि पौडेल उम्मेदवारी फिर्ता गर्न तयार भएका छैनन्। 

सभापति देउवाले टेलिफोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि पौडेलले अस्वीकार गरेपछि खाँणलाई पठाएका थिए। तर उनले लगातार प्रयास गर्दा पनि उम्मेदवारी फिर्ता लिन पौडेल तयार भएनन्।

गठबन्धनमै समस्या पर्ने भन्दै खाँणले पौडेललाई उम्मेदवारी फिर्ता लिन र आगामी चुनावमा पार्टीले स्थान दिने आश्वासन देखाएका थिए। तर पौडेलले आफू कुनै पनि प्रलोभनमा पछि नहट्ने भन्दै आफ्नो उम्मेदवारीले गठबन्धनमा कुनै अप्ठेरो नपर्ने जवाफ दिए। 

गठबन्धनविरुद्ध उम्मेदवारी दिनेलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी दिँदा पनि पौडेलले बरु पार्टीको कारबाही भोग्ने तर उम्मेदवारी फिर्ता नलिने अडान लिएको छन् । आफु फिर्ता हुने अवस्था नरहेको जवाफ दिएका छन् । त्यसपछि खाँड पौडेलले विवेकसम्मत निर्णय गर्नेमा आफु आशावादी रहेको भन्दै हिडेका थिए ।
 
पौडेलसँग भएको कुरा सभापति शेरबहादुर देउवालाई सुनाउन उनी बालुवाटार गएका हुन्। विमानस्थलबाट सिधै बालुवाटार गएका खाँण दुई घण्टादेखि त्यहीँ छन्। कांग्रेसका नेताले बागी उम्मेदवारी दिएपछि उनी बुधबार बिहान भरतपुर पुगेका थिए। 
 

विशेष