News

भरतपुरका बागी उम्मेदवार पौडेल कांग्रेसबाट निस्कासित

भरतपुरका बागी उम्मेदवार पौडेल कांग्रेसबाट निस्कासित

भरतपुर उपमहानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल पार्टीबाट निस्कासित भएका छन् । नेपाली कांग्रेसले शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई स्वत पार्टीबाट निस्कासन गरेको छ।

यसैगरी, पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका विमल कार्कीले पनि उम्मेदवारी फिर्ता लएका छैनन्। निर्णय अनुसार उनी पनि कांग्रेसबाट निस्कासित भएका छन् । शुक्रवार ५ बजेसम्म कार्की उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतको कार्यालयमा गएनन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजै विज्ञप्ति निकालेर बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भनेका थिए। कांग्रेसले उम्मेदवारी फिर्ता नभए त्यस्ता उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासन गर्ने निर्णय गरेको थियो।

‘स्थानीय तहको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए आज अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको थियो–‘उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार र त्यसअघि शेखर कोइरालाले बागी उम्मेदवारलाई पार्टी मुलप्रवाहमा आउन अपिल गरेका थिए। पौडेल सहितका कतिपय नेताले उ 
 

विशेष