News

विराटनगरकी एमाले उम्मेदवार कार्की विरुद्धको उजुरी खारेज

विराटनगरकी एमाले उम्मेदवार कार्की विरुद्धको उजुरी खारेज

विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की विरुद्ध परेको उजुरी खारेज भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी खारेज गर्ने निर्णय गरेको हो । 

कार्कीविरुद्ध जनता समाजवादी पार्टीका तर्फबाट उपमेयर बनेका अमरेन्द्र यादवले उजुरी दिएका थिए । कार्की कोसी अस्पताल विकास समितिको सदस्यमा बसेर लाभ लिएको दाबीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।

कोशी अस्पताल विराटनगरले पनि वैशाख १३ गते कार्की विकास समितिमा बहाल रहेको लिखित जवाफ दिएको थियो । तर, कार्कीले राजीनामा गरेको कागजात पेश गरेकी थिईन। सोही राजिनामाका आधारमा निर्वाचन अधिकृतको कार्यालयले उजुरी खारेज गरेको हो ।

उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ११ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएको दाबी पेश गरेकी थिइन् । कार्कीले विहिवार वुझाएको राजीनामाको पत्र स्वास्थ्य मन्त्रालयको ७२९९ नम्बरमा दर्ता भएको उल्लेख छ ।

तर स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको कागजातमा भने ७२९९ नम्वरको दर्ता नम्बर सूर्य नेपाल प्रालिको नाममा छ । 

नेकपा एकीकृृत समाजवादीकी स्थानीय कार्यकर्ता हिराकुमारी दाहालले स्वास्थ्य मन्त्रालयमा सूचना हकसम्बन्धी ऐन अनुसार सूचना माग गरेकी थिइन् । मन्त्रालयको दर्ता किताबमा वैशाख ११ गतेको दर्ता नम्बर ७२९९ सूर्य नेपाल प्रालिको पत्र दर्ता रहेको देखिएको छ।
 

विशेष