News

गोकुल वास्कोटालाई आफनैबाट धोका, बादेले पार्टी छाडे

गोकुल वास्कोटालाई आफनैबाट धोका, बादेले पार्टी छाडे

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री गोकुल वास्कोटाको निर्वाचन क्षेत्रका एक जना एमालेबाट निर्वाचित मेयरले पार्टी परित्याग गरेका छन् । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले एमाले त्यागेका हुन।

बनेपा नगरपालिकाको मेयर दोहोर्याउने बादेले पूर्वमन्त्री बास्कोटाले धोका दिएकाले पार्टी छोडेको वताएका छन् । पार्टीले अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बादेले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरे।

बनेपा नगरपालिका एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रसमेत हो। बाँस्कोटाले आफूलाई मेयरको टिकट दिलाउने वचन दिएर पनि धोका दिएको उनको आरोप छ। बास्कोटाप्रटि रुष्ट वनेका बादेले बनेपाको मेयर पदबाट पनि राजीनामा गर्ने बताएका छन्।

बादेले पार्टीभित्र सल्लाह र छलफल नगरी बास्कोटाले आफुखुसी गरेको आरोप लगाएका छन् । ‘पार्टीभित्र मनलाग्दी किसिमको काम भयो। धोका दिने काम भयो। त्यसकारण पार्टीबाट राजीनामा दिएँ’ उनले भने–‘बाँस्कोटाले मलाई मेयरको टिकट दिने वचन थिएका थिए। तर, धोका दिए।’

१४ वर्ष अघिदेखिको राम्रो सम्बन्ध बास्कोटाले विगारेको उनले गुनासो गरे। बाँस्कोटालाई ‘भगवान’ भन्दा केही कमी नमाने पनि आफूले भने धोका पाएको उनको गुनासो छ। ‘उहाँलाई मैले भगवान् भन्दा केही तल मान्थेँ। साँठगाँठ उहाँहरुको के भयो मलाई थाहा छैन। तीन÷चार महिना यतादेखि चाहिँ कुरा हुन छाड्यो’– उनले भने।

उनले अहिले तत्काल आफू कुनै पार्टी प्रवेश नगर्ने वताएका छन् । बास्कोटाको नजिकका मान्छे भनेर चिनिएका बादेले पार्टी छोडेपछि बनेपामा तरंग उत्पन्न भएको छ।
 

गोकुल वास्कोटा

विशेष