News

इटहरीमा गठवन्धन चोईटियो, जसपा वाहिरिएपछि ३ दलको गठवन्धन

इटहरीमा गठवन्धन चोईटियो, जसपा वाहिरिएपछि ३ दलको गठवन्धन

सुनसरीको इटहरीमा पाँच दलिय गठवन्धन चोईटिएको छ। जनता समाजवादी पार्टी निस्किएपछि इटहरी उपमहानरपालिकामा पाँच दलीय गठबन्धन धरमराएको हो ।

इटहरीमा सत्तारुढ ३ दलको मात्र गठबन्धन बनेको छ । नेपाली कांग्रेसले मेयरसहित १७ वडामा उम्मेदवार उठाएको छ भने नेकपा एकीकृत समाजवादीले उपमेयरसहित १ वडामा उम्मेदवार उठाएको छ। माओवादी केन्द्रले २ वडाध्यक्ष सहित १७ जना वडा सदस्य पाउँदा जसपाले भने वडामा कुनै भाग पाएन।

तर, गठवन्धनमा सहमति हुनु अगावै जसपाले मेयरमा अध्यक्ष डिल्लीप्रसाद लिम्बु र उपमेयरमा योसा गुरागाईंको उम्मेदवारी  दर्ता गराएको छ। गठवन्धनमा आफुले भाग नपाएपछि जसपाले दुवैको उम्मेदवारी फिर्ता लिएको छैन।

गठबन्धनमा जान आफूहरु तयार भएकैले मनोनयन दर्ता गरिए पनि इलेभेन्थ आवरमा आएर अन्य दलले धोका दिएको उपमेयरकी उम्मेदवार गुरागाईंले बताइन् । 
 

विशेष