News

भोजपुरकी किशोरी कैलालीको होटलमा मृत फेला परेपछि... 

भोजपुरकी किशोरी कैलालीको होटलमा मृत फेला परेपछि... 

भोजपुर घर भएकी किशोरी कैलालीको एक होटलको कोठामा मृत अवस्थामा फेला परेकी छिन् । लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा आज दिउँसो अन्दाजी २५ वर्षीया रोशनी राईको शव शंकास्पद अवस्थामा फेला परेको हो ।

दिउँसो साढे १ बजे होटलको दोस्रो तलास्थित कोठा नं २०९ मा राईको शव फेला परेको हो। भोजपुर घर भएकी किशोरी कसरी त्यहाँ पुगिन र घटना कसरी भयो भन्ने खुलेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायले घट्नाको अनुसन्धान भईरहेको वताए ।
 

विशेष