News

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको निर्वाचन कार्यक्रम स्थगित

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको निर्वाचन कार्यक्रम स्थगित

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको निर्वाचन कार्यक्रम स्थगित भएको छ। वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको छ।

वुद्धभूमी नगरपालिका–८ का वडाध्यक्ष उम्मेदवार ४१ वर्षीय ओमप्रकाश तिवारीको शुक्रवार राती मृत्यु भएको हो । उनी नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार थिए। 

उनको मृत्यु हर्ट अट्याकबाट भएको जनाईएको छ। उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको नगरपालिकाका निर्वाचन अधिकृत महेश पाण्डेले जानकारी दिए। त्यसको जानकारी निर्वाचन आयोगलाई पनि दिईएको छ।

आयोगले सम्बन्धित वडाको सम्बन्धित पदको र त्यही पार्टीको मात्रै नयाँ उम्मेदवार खडा गर्छ। त्यसपछि आयोगले दिने नयाँ कार्यक्रम तालिका अनुसार काम सुरू हुने पाण्डेले वताए । आयोगले शनिबार सबै दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका छ। तर, वैशाख ३० गते हुने चुनाव भने नरोकिने निर्वाचन अधिकृत पाण्डेले बताए। 
 

विशेष