News

वुद्ध एयरले झण्डै वितायो, गौतमवुद्ध एयरपोर्ट अवरुद्ध

वुद्ध एयरले झण्डै वितायो, गौतमवुद्ध एयरपोर्ट अवरुद्ध

वुद्ध एयरको जहाज धावन मार्गमा टायर पड्किएर रोकिएपछि रुपन्देहीको गौतमवुद्ध एयरपोर्ट अवरुद्ध भएको छ। काठमाण्डौं उड्नका लागि धावन मार्गमा गुडिरहेको जहाजको टायर पड्किएको थियो।

उक्त जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए । ती यात्रुलाई अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको र धावनमार्गमा रोकिएको जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको पनि वुद्ध एयरले बताएको छ ।

अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालयले जनाएको छ।
 

विशेष