News

माधबप्रति ओलीको ब्यंग्यः शेर थिए लल्लु भए, दुनो लिएर भिख माग्दै हिडेका छन्

माधबप्रति ओलीको ब्यंग्यः शेर थिए लल्लु भए, दुनो लिएर भिख माग्दै हिडेका छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बोली छुद्र छ। उनी आफुलाई मन नपर्ने जति सवैलाई गाली गर्छन। उखान भनेर हुन्छकी नयाँ नयाँ शब्द प्रयोग गरेर हुन्छ उनी आफनो विपक्षमा रहेकालाई मरणासन्न हुने गरी प्रहार गर्छन।

आफु नेतृत्वको सरकार ढलेर पाँच दलिय गठवन्धनको सकार वनेपछि उनी प्रायः कांग्रेस, माओवादी र नेकपा एसका नेतृत्वप्रति रुष्ट छन्। प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल उनको निसानामा छन् । 

खास गरी नेपाल र दाहाल प्रति उनको शब्द अलि वढि नै घोच्ने र पोल्ने खालका हुन्छन्। यसैक्रममा उनले आज नेपाललाई धाराप्रवाह गाली गरेका छन् । एमाले निकट बुद्धिजीवी परिषद्को १०औँ अधिवेशनमा सम्बोधन गर्दै उनले नेपाललाई ‘माकुने’ भन्दै सम्बोधन गरे। उनले नेकपा एसलाई पार्टी नभनेर ‘माकुने गुट’ भन्दै सम्वोधन गरे।

उनले नेपाल सहितका नेताहरु कम्युनिस्ट सरकार ढाल्नका लागि बलिदान हुन तयार भएको पनि आरोप लगाए । ‘कत्रो अपराध गरेका, बेसरम। अनि प्रतिगमन रोक्न खोजेको रे! कम्युनिस्ट आन्दोलनको रक्षा गर्न खोजेको रे’ ओलीले भने–‘झुट, बेइमानी र उल्टा कुराको हद योभन्दा केही हुन्छ? बेसरमीपनको हद योभन्दा बढी केही हुन्छ?’

माधवसहितका नेताहरुले नेपालमा कम्युनिस्ट आन्दोलन नै ध्वस्त पार्न खोजेको ओलीको आरोप छ। ‘यिनका लागे–पुगेसम्म त अहिले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त भइसक्थ्यो’ उनले भने–‘यिनीहरुले अहिले दुना थापेर हिँड्दैछन् नि कांग्रेसका पछिपछि। त्यति रहन्थ्यो। अहिले माकुनेको छ नि गुट। दुना थापेर हिँड्छ नि।’

एमालेमा रहँदा ‘शेर’ माधव नेपाल अहिले लल्लु भएको ओलीले वताए । आफु नेतृत्वको सरकारमा २५ वटै मन्त्री आफना हुँदा चित्त नवुझेर अहिले चारवटा मन्त्रीका लागि नेपाल दुना वोकेर देउवाको पछि लागेको उनले वताए । ‘सबै सरकार आफ्नो थियो’ उनले थपे–‘त्यो ठाउँमा मलाई चारवटा मन्त्री त नभइ हुँदैन भन्दैछन्। कहाँ शेर थिए, कहाँ लल्लु भए। अहिले चार वटा मन्त्री नभइ हुँदैन भन्दैछन।’ एमालेका छँदाको शान सौकत छोडेर अहिले भिखमंगा जस्ता दुनो लिएर भिख माग्दै हिडेको ओलीले वताए । 
 

विशेष