News विदेश

पाकिस्तानको संसद् भंग, ९० दिनभित्र निर्वाचन

पाकिस्तानको संसद् भंग, ९० दिनभित्र निर्वाचन

पाकिस्तानको राष्ट्रियसभा भंग भएको छ। राष्ट्रपति डा. आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार राष्ट्रिय सभा भंग गरेका छन् ।

संविधानको धारा ५८ अनुसार राष्ट्रपति अल्वीले संसद् भंग गरेका हुन् । यसअघि, आइतबार नै राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरानले संसद् विघटन गरी निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

त्यसअघि, राष्ट्रियसभाका उपसभामुखले प्रधानमन्त्री इमरानविरुद्धको अविश्वासको प्रस्ताव संविधानको धारा ५ विपरीत भएको भन्दै खारेज गरिदिएका थिए ।

राष्ट्रियसभाको विघटन भए पनि संविधानको धारा २२४ अन्तर्गत इमरानको सरकारले नै निरन्तरता पाउने छ। पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले सरकारले निरन्तरता पाउने बताएका छन् ।

निर्वाचन र उपनिर्वाचनसँग सम्बन्धित सो धारामा राष्ट्रियसभाको विघटनपछि राष्ट्रपतिले प्रधानमन्त्री र विपक्षी दलका नेतासँग परामर्श गरी कामचलाउ प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

अब ९० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ । त्यसको १४ दिन नकट्ने गरी निर्वाचनको अन्तिम नतिजा घोषणा गर्नुपर्नेछ । 
 

विशेष