News राजनीति

ओली भन्छन्– प्रचण्डलाई मैले ‘झ्याप समातेर घिस्याएको’ हो

ओली भन्छन्– प्रचण्डलाई मैले ‘झ्याप समातेर घिस्याएको’ हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ‘झ्याप समातेर घिस्याएको’ वताएका छन् । सोमबार प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसनको कार्यक्रममा ओलीले यस्तो वताएका हुन ।

तत्कालीन नेकपा माओवादी केन्द्रलाई आफूले बलपूर्वक एकतामा ल्याएको उनको दावी छ। ओलीले भने, ‘झ्याप समातेर घिस्याएर ल्याएको हो, अब त ठीकै भयो होला भनेर यसो छोडेको त गुरुरु टाप ।’

आईतवार नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रति आक्रमक रुपमा प्रस्तुत भएका ओलीले आज भने दाहालको तिव्र आलोचना गरे। मानिसहरुले नबुझेर वामपन्थी भन्दा प्रचण्ड सम्झिने गरेको भन्दै उनले उनी कम्युनिष्ट नै नभएको दावी समेत गरे। यदि प्रचण्ड कम्युनिस्ट हुन् भने आफू कम्युनिस्ट नभएको उनको भनाई छ।

‘नबुझेर मान्छेले के भनिदिन्छन भने म त वामपन्थी त हुन सक्दिन। के पनि भयो भने वामपन्थी भन्यो भने मान्छेले प्रचण्ड सम्झिन्छ, अनि कसरी हुन्छ ?’ उनले थपे–‘मैले एक पटक भनेको थिएँ, यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन् भने म कम्युनिस्ट होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’

प्रचण्डले विनाकारण द्वन्द्व मच्चाएको, जातजातमा भिडाएको, मधेश र पहाड भिडाएको र बामपन्थी आन्दोलन कमजोर वनाएको उनले आरोप लगाए। ‘प्रचण्ड अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ, म शान्तिको पक्षमा हुन्छु । उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ, म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडलाई भिडाउन खोज्नुहुन्छ, म शान्ति कायम गरेर मेलमिलाप गरेर अगाडि बढाउनुपर्छ भन्छु’ उनलेभ ने–‘कसरी हुन्छ ? उहाँ यो धर्म र त्यो धर्म भनेर घृणाको खेती गर्न खोज्नुहुन्छ, म त्यो गर्दिनँ । उहाँ वामपन्थी आन्दोलन कमजोर पार्न काम गर्न हुनुहन्छ, म बलियो बनाउन लाग्छु । मैले एकता गराउने काम गरेँ, उहाँ फुटाएर हिड्नुभयो ।’
 

विशेष