News खेल

घरेलु मैदानमा नेपालको सानदार जित, त्रिकोणात्मक टी–२० श्रृखंलाको उपाधि कब्जा

घरेलु मैदानमा नेपालको सानदार जित, त्रिकोणात्मक टी–२० श्रृखंलाको उपाधि कब्जा

नेपालले त्रिकोणात्मक टी–२० श्रृखंलाको उपाधि जितेको छ ।  ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गरेको हो। ऐरीले बलिङमा ४ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको अविजित ५४ रनको मद्ध्तमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११७ रनमा अलआउट भयो ।

पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन नसक्ने टिमलाई जित दिलाउन सकेनन् । बाउले ३८ बल खेल्दै १ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए । करण केसीले लेगा सिएकालाई व्यक्तिगत ८ रनमा आउट गरे। पाँचौ ओभरमा दीपेन्द्रले लगातार दुई बलमा दुई विकेट लिँदै पीएनजीलाई दबावमा राखे भने कप्तान असद भाला ८ र टोली उरा शुन्यमा आउट भए। 

चार्ल्स अमिनी र सेस बाउको साझेदारमा ३२ रन बनाएपछि अमिनी दशौँ ओभरमा १५ रनको व्यक्तिगत स्कोरमा आउट भए । कप्तान सन्दीप लामिछानेले लगातार दुई बलमा दुई विकेट लिँदै पीएनजीलाई अझ दबावमा राखे । सन्दीपले ६ रन बनाएका रिले हेकुरेलाई सोमपाल कामीबाट क्याचआउट गराए । नोर्मन भानुअ शून्यमै क्याचआउट भए। 

चाड सपर पनि क्याचआउट भए भनेसपर १ रन बनाएर आउट भए । सेस बाउ १६औं ओभरको दोस्रो बलमा क्याचआउट भए। ४ रन बनाएका अबुअ मोरेअलाई सन्दीप लामिछानेबाट क्याचआउट गराए ।

१७औं ओभरमा बलिङमा दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ तथा कप्तान सन्दीपले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

नेपालका लागि दीपेन्द्रले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए । यस्तै करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए । आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५, रोहित पौडेलले २ रन जोडे भने आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

नेपालले पावर प्लेमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो । ओपनर कुशलले २२ बल खेल्दै ५ चौका मदद्तमा २५ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले भने ३ बलमा २ रन बनाएर आउट भए ।

पीएनजीका कबुअ मोरेअ र रिले हेकुरले समान एक विकेट लिए । १२औं ओभरमा नेपालले लगातार तीन विकेट गुमायो। आसिफ २९ बल खेल्दै १ छक्काको मदद्तमा २९ रन बनाएर १२औं ओभरको पहिलो बलमा आउट भए । उक्त ओभरको तेस्रो बलमा आरिफ शेख खाता नखोली आउट भए भने पाँचौ बलमा दीलिप नाथ पनि शून्यमै आउट भए ।

३ ओभरमा २८ रन खर्चेका कमिअले आफ्नो अन्तिम ओभरमा पुनरागमन गरे। १६औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रन बनाएर आउट भए । उनले १३ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र र करणले अन्तिम चार ओभरमा ५४ रन जोडेका थिए ।

बलिङमा पीएनजीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै चाड सपर, कबुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।
 

विशेष