News

स्थानीय तहको निर्वाचनका लागि मत पत्र छपाई सुरु

स्थानीय तहको निर्वाचनका लागि मत पत्र छपाई सुरु

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ का लागि आजदेखि मतपत्र छाप्न सुरु गरेको छ। जनक शिक्षा सामाग्री केन्द्रले मतपत्र छाप्दैछ। निर्वाचनका लागि १ करोड ९४ लाख थान छपाई हुने आयोगले जनाएको छ।

कूल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने। सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको र सबैभन्दा कम १६ लहरका मतपत्र रोल्पाको हुनेछ। 

पौडेलका अनुसार, ८ प्रतिशतदेखि २५ प्रतिशतसम्म थप मतपत्र छापिन्छ। मनाङ, जुम्ला, हुम्ला जस्ता ठाउँहरुमा बढी प्रतिशत जगेडा राखिन्छ। नजिकका र धेरै मतपत्र आवश्यक पर्ने जिल्लामा कम प्रतिशत जगेडा राखेर मतपत्र छपाइ गरिने पौडेलले जानकारी दिए।
फाईल फोटो

स्थानीय तह निर्वाचन २०७९

विशेष