News

देउवाको भ्रमणप्रति गठवन्धनकै नेताले गरे आलोचना

देउवाको भ्रमणप्रति गठवन्धनकै नेताले गरे आलोचना

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा सत्ता गठवन्धन दलकै नेताहरुले आलोचना गरेका छन् । खासगरी प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा गएको विषयमा असन्तुष्टि देखिएको छ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री विजेपीको कार्यालयमा जानु गलत भएको टिप्पणी गरेका छन् । सोमबार विराटनगरमा पत्रकारसँगको कुरा गर्दै नेपालले ‘आफू पनि प्रधानमन्त्री भइसकेकाले एउटा प्रधानमन्त्रीले देशको प्रतिनिधि भएर बीजेपीको मुख्यालयमा जानु ठीक होइन’ भने।

उनले भने–‘मलाई उचित लागेन, पार्टीगत रूपमा गइएको हो भने उहाँ कांग्रेसको सभापति हो, जानै प¥यो तर यदि तपाईं देशको प्रतिनिधि भएर जानुभएको हो भने त्यसलाई ध्यानमा राख्नुपर्छ ।’
 

विशेष