News

एमाले छोडेका लालवहादुरलाई आफ्नै साथीको रामधुलाई !

एमाले छोडेका लालवहादुरलाई आफ्नै साथीको रामधुलाई !

स्थानीय तह निर्वाचन नजिकिदै गर्दा एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ। सामान्य कार्यकर्ता मात्र होईन, पुर्वमन्त्री देखि वहालवाला मेयर र उपमेयर समेत पार्टी फेर्नेमा अग्र पंक्तिमा छन्।

पार्टी प्रवेशका क्रममा उनीहरुलाई दलका नेताहरुले अविरमाला र खादासहित सम्मान गरिरहेका छन्। तर, जाजरकोटमा भने एमाले छोडेर कांग्रेसमा प्रवेश गरेका एक दलित युवा आफनै साथीबाट कुटिएका छन्। जाजरकोट छेडागाड गाउँपालिका ३ का लालबहादुर नेपालीलाई एमाले छोडेर कांग्रेसमा प्रवेश गरेको आरोपमा कुटिएको छ।

सोही गाउँका नेकपा एमाले जिल्ला कमिटी सदस्य सत्यनारायण गिरीले उनलाई नाङ्गेझार पारेर कुटपिट गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी इन्सपेक्टर खुमानन्द पाण्डेका अनुसार नेपालीलाई आइतबार साँझ कुटपिट गरिएको हो।

उनीहरु दुवैले स्थानीय होटलमा बसेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा पार्टी प्रवेशको विषयमा विवाद भएपछि नेपालीमाथि हातपात भएको उनले जानकारी दिए । 

रामधुलाई

विशेष