News

बुद्ध एयरको जहाज खरायोसँग ठोक्कियो

बुद्ध एयरको जहाज खरायोसँग ठोक्कियो

बुद्ध एयरको जहाज खरायोसँग ठोक्किएर दुर्घटनाबाट ‘बालबाल’ वचेको छ। नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजमा खरायो ठोक्किएको हो। 

बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जहाज ल्यान्ड हुने क्रममा खरायो ठोक्किएको बताए। घटना राति पौने आठ बजेको हो। जहाजसँग ठोक्किएको खरायोको मृत्यु भएको उनले जानकारी दिए । 

जहाजमा खरायो ठोक्किएपछि केही समय उडान रोकिएको र अहिले उडान सुचारु भएको शाहले वताए । नेपालगञ्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल र स्याल ठोक्किएको थियो। 

नेपालगन्ज विमानस्थलको धावनमार्गमा बारम्बार बँदेल, स्याल, सुँगुर र अन्य वन्यजन्तु ठोकिदै आएका छन् । विमानस्थलभित्र घाँस काट्न आउने स्थानीयले विमानस्थलको सुरक्षाका लागि तार छाडेर वन्यजन्तु भित्र पसेर दुर्घटना हुने गरेको बताए ।

धावनमार्ग नजिक रहेको झाडीमा जंगली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहँदै आएको छ। 
 

बुद्ध एयर

विशेष