News विदेश

१३ विद्यार्थीलाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय

१३ विद्यार्थीलाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय

१३ जना विद्यार्थीहरुलाई बलात्कार गरेको आरोप लागेका इण्डोनेसियाका एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । उनले १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको अदालतले ठहर गरेको छ। ति मध्ये आठ जना गर्भवती भएको जनाईएको छ।

हेरी विरावन नाम भएका ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा यी सवै वलात्कार गरेको जनाईएको छ। बाडुङ्गमा अवस्थित एक अदालतले गत फेव्रुअरी महिनामा हेरी विरावनलाई आजीवन कैदको सजाय सुनाएको थियो ।

तर पीडित पक्षले विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो । त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको न्यूयोर्क पोष्टले जनाएको छ । अदालतको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा पनि आरोपीलाई मृत्युदण्डको सजायँ सुनाइएको उल्लेख छ ।

इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले मृत्युदण्डको सजायको मागको समर्थन गरेका थिए । तर मानवअधिकार आयोगले भने मृत्युदण्डको सजाय उचित नहुने बताएको थियो । 
 

विशेष